लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-२२
- A
- A-
- A+
1. सर्लाही, बागमती नगरपालिका ६ स्थित राधा कृष्ण मन्दिर स्थित बाँसघारीबाट Traman-50 लेखिएको क्यापसुल २१४ पिस, Spasmom लेखिएको क्यापसुल २०० पिस, लागु औषध गाँजा अन्दाजी २५ ग्राम सहित सोही स्थान बस्ने मिलन घिसिङको छोरा वर्ष २८ को जिवन घिसिङलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी राजघाटबाट खटिएको गस्ति टोलिले बा प्र ०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा शंकास्पद अबस्थामा बसिरहेको निजलाई चेकजाँच गर्दा निजले बोकी राखेको कालो रंङको प्लाष्टिकको झोला भित्रबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2.
सर्लाही, लालबन्दी नगरपालिका
१ नवलपुर टोल स्थित भित्री सडक खण्डबाट लागु औषध जस्तो देखिने ONEREX
-100 ML को ११७ (एक सय सत्र) पिस बोतल सहित ब्रम्हपुरी गाउँपालिका ४
त्रिभुवण नगर बस्ने रोशन राय यादवको छोरा बर्ष १८ को प्रिन्स कुमार यादव, देश भारत
बिहार राज्य सितामढी जिल्ला थान सोनबर्सा टोल बसतपुर बस्ने बिपिन रायको छोरा बर्ष २०
को कृष्ण कुमार यादव र सोही स्थान बस्ने शम्भु साहको छोरा बर्ष १७ को किसन कुमार
साहलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
नवलपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 06 CV 9985 नं. भारतीय मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध
फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।