प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-२२

  • A
  • A-
  • A+
Share


1.      सर्लाही, बागमती नगरपालिका ६ स्थित राधा कृष्ण मन्दिर स्थित बाँसघारीबाट Traman-50 लेखिएको  क्यापसुल २१४ पिस, Spasmom लेखिएको क्यापसुल २०० पिस, लागु औषध गाँजा अन्दाजी २५ ग्राम सहित सोही स्थान बस्ने मिलन घिसिङको छोरा वर्ष २८ को जिवन घिसिङलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी राजघाटबाट खटिएको गस्ति टोलिले बा प्र ०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा शंकास्पद अबस्थामा बसिरहेको निजलाई चेकजाँच गर्दा निजले बोकी राखेको कालो रंङको प्लाष्टिकको झोला भित्रबाट उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

2.      सर्लाही, लालबन्दी नगरपालिका १ नवलपुर टोल स्थित भित्री सडक खण्डबाट लागु औषध जस्तो देखिने ONEREX -100 ML को ११७ (एक सय सत्र) पिस बोतल सहित ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवण नगर बस्ने रोशन राय यादवको छोरा बर्ष १८ को प्रिन्स कुमार यादव, देश भारत बिहार राज्य सितामढी जिल्ला थान सोनबर्सा टोल बसतपुर बस्ने बिपिन रायको छोरा बर्ष २० को कृष्ण कुमार यादव र सोही स्थान बस्ने शम्भु साहको छोरा बर्ष १७ को किसन कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 06 CV 9985 नं. भारतीय मोटरसाइकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०१

धनुषा, धनौजी गाउँपालिका-०२ गोरदाहा देउरी भित्री सडक खण्ड स्थितबाट स्रोत नखुलेको रकम रु.१३,६५,०००/- (तेह्र लाख पैंसट्ठी हजार), BR 32 BB 1899  नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मधुवनी ग्राम खौना बस्ने अन्दाजि बर्ष ३५ को राधाकान्त बयार रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले लखौरीबाट गोरदाहा तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-१० नितपुर स्थितबाट फरार प्रतिवादी पर्सा पर्सागढी नगरपालिका-०६ बागेश्वरी चैनपुर बस्ने काशी प्रसाद यादवको छोरा अंन्दाजि बर्ष ४५को प्रमोद प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले सवारी दुर्घटना मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-१३ स्थितबाट फरार प्रतिवादी सोहि स्थानमा बस्ने बुद्दिमान बलको छोरा अंन्दाजि बर्ष ४१को धन बहादुर बललाई मंगलबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP  94-4983 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।