लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-२३
- A
- A-
- A+
सिरहा, बरियारपट्टी गाँउपालिका-३ हबल्दार चौक स्थितबाट लागु औषध NITRAVET-10 २ पत्तामा २७ पिस ट्याब्लेट सहित लहान नगरपालिका २२ बेली टोल बस्ने शत्रुधन मुखियाको छोरा बर्ष १८ को राकेश मुखिया र राम अवतार मुखियाको छोरा बर्ष १७ को जैकान्त मुखियालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको निजहरुलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।