श्रोत नखुलेको रकम र सामान सहित मानिस नियन्त्रणमा
२०८२-०७-१७
- A
- A-
- A+
सप्तरी, सुरुङगा नगरपालिका वडा नं. २ कार्यालय अगाडी
सागरमाथा राजमार्ग स्थित गाईघाट कदमाहा सडक खण्डबाट स्रोत नखुलेको नगद रकम नेपाली
कागजी नोट रू. १,०००/- को १,३९९ थान र रू. ५००/- को १,८०२ थान गरी जम्मा रू.२३,०००००।- (तेइस लाख रुपैयाँ) र साइकलमा हावा भर्ने
पम्प थान १००, इलेक्ट्रिक रिक्साको
मोटर थान
३, इलेक्ट्रिक साइकलको ब्याट्रि थान ३१, इलेक्ट्रिक स्कुटरको ब्याट्रि थान
३, इलेक्ट्रिक ब्याट्रि चार्जर थान ७ र ब्याट्रि टेस्टर थान १ गरी जम्मा सामानको
अन्दाजी मुल्य रु. ६०,०००/- सहित जिल्ला झापा दमक नगरपालिका ५ बस्ने गोबिन्द
प्रसाद सिटौलाको छोरा बर्ष २८ को किरण सिटौला र सोही स्थान बस्ने दिपक प्रसाइको
छोरा बर्ष १९ को धिरज प्रसाइलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरी
चेकिङ्ग टोलिले चेक जाँच गर्ने क्रममा कदमाहाबाट गाईघाट तर्फ जाँदै गरेको बा. प्रदेश
०१-०२८ च ५००८ नम्बरको Hilux
Toyota पिकअप गाडिलाई चेक जाँच गर्दा उक्त गाडीबाट स्रोत नखुलेको
नगद रु. २३,००,०००/- र रु. ६०,०००/- बराबरको सामान फेला परेकोले नगद र सामान सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।