प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share


१.       पर्सा,बिन्दवासिनी गाउँपालिका वडा नं. ०२ गर्दैलबाट २२ किलोग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित बीरगंज महानगरपालिका वडा नं. १५ मुर्ली बस्ने अन्दाजि बर्ष २० को रैस अलि र पोखरिया नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजि बर्ष ५५ को मुनिलाला पटेललाई विहिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया र अस्थाई प्रहरी पोष्ट बहुअर्वाबठाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले बिरगंज पोखरिया सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको निज दुई जनै पैदल यात्रीहरुमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा दुबै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनमा लागु औषध चरेश जस्तो देखिने पर्दाथ रैस अलिले बोकेको ग्यालनमा ग्यालन सहित १० किलो ६०० ग्राम तथा मुनिलाला पटेलले बोकेको ग्यालनमा ग्यालन सहित ११ किलो ४०० ग्राम फेला पारी लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, प्रसौनी गाउँपालिका वडा नं. ०१ नकटुवाबाट २ किलो २४ ग्राम लागु औषध अफिम, BR01CL6079 नं.को कार सहित पर्सा बहुदरमाई नगरपालिका वडा नं. ०७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अन्दाजि बर्ष ३८ को निलेश पटेल कुर्मी, बीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने मोहम्मद समिरको छोरा अन्दाजि बर्ष ३२ को जौवाद अमहद तथा पर्सा बिन्दाबासिनी गाउँपालिका वडा नं. ०२ बस्ने रामएकवाल प्रसाद चौरसियाको छोरा अन्दाजि बर्ष ४८ को शेषनाथ चौरसियालाई विहिबार साझँ प्रहरीले नियन्त्रणमा लिएको छ । पतञ्जलीबाट नकटुवा तर्फ जादै गरेको उक्त भारतीय नम्बर प्लेटको कारमा निषेधित लागु औषध अफीम बोकी हिडेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले उक्त गाडिलाई बाटोमा रोकी नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी राखेको २ पोका लागु औषध अफिम फेला पारी लागु औषध, कार सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
फरार प्रतिवादी सम्बन्धमा
२०८३-०८-०४

१.      बारा,आदर्श कोतवाल गाँउ पालिका-०४ ईनर्वा स्थितबाट फरार प्रतिवादी ईनर्वामाल बस्ने अन्दाजी वर्ष ५६ को हेफाजत करिमा अन्सारीलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नागरिकता सम्बन्धी कसुर मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा,बिश्रामपुर गाँउ पालिका-०२ कान्तिपुर टोल स्थितबाट फरार प्रतिवादी गाँउपालिका-०३ मुसहर्वा टोल बस्ने ध्यान प्रसाद कुर्मीको छोरा अन्दाजी वर्ष ३६ को अनिल पटेललाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अभद्र व्यवहार सम्बन्धी कसुर मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      बारा,कलैया उप-महानहरपालिका-१३ फुलबरिया स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ४९ को प्रमानन्द प्रसाद यादवलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी र विश्वासघात सम्बन्धी मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      सिरहा,Gen-Z आन्दोलनको क्रममा प्रहरी परिसर काठमाण्डौको कक्षबाट फरार प्रतिवादी जन्म स्थान जिल्ला सप्तरी छिन्नमस्ता गाँउपालिका-०६ घर भई हाल गोलबजार नगरपालिका-०४ मा बसाई सरी बस्ने अंन्दाजी बर्ष ४४ को तेज नारायण दासलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सप्तरी,रुपनी गाँउपालिका-०३ स्थितबाट फरार प्रतिवादी देवलाल खत्वेको छोरा आन्दाजी वर्ष ४८ को श्रीराम मण्डललाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी पत्थरगाडाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्दा बैँकिङ कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुण्डी मृत्यु सम्बन्धीमा
२०८३-०८-०४

१.      सिरहा,लहान नगरपालिका-१२ भोटिया टोल बस्ने संजिप ठाकुरको छोरी अन्दाजी वर्ष १५ कि नन्दनी कुमारी ठाकुर झुण्डी मृत्यु भएको हो । भन्सा कोठा भित्र  बासको बल्लोमा सलको पासो लगाई झुन्डिएको खबर पश्चात ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।  २.      सर्लाही,हरिवन नगरपालिका-१० ताईवान बस्ने नारायण विश्वकर्माको छोरी आन्दाजी वर्ष १७ कि बेनिरिता बि.क. झुण्डी मृत्यु भएको हो । आफ्नै दुई तल्ले टालिले छाएको काठको घरमा आफु सुत्ने कोठामा काठको कोरामा सलको पासो लगाई झुण्डीएको खबर पश्चात ईलाका प्रहरी कार्यालय हरिवनको SOCO र प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट खटिएको प्रहरीको संयुक्त टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।  ३.       महोत्तरी,गौशाला नगरपालिका-०३ ईटाटार बस्ने संजित दासको छोरी अन्दाजी वर्ष १७ कि राघनी कुमारी दास झुण्डी मृत्यु भएको हो । लालबाबु साहको खेतमा रहेको बांसमा  जमिनबाट अं. ७  फि. माथि सलको पासो लगाई मृत्यु भएको खबर पश्चात ईलाका प्रहरी कार्यालय SOCO सहित प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको छ ।      

लागू औषध सम्बन्धी
२०८३-०८-०३

१.      पर्सा,बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.६१ मिलि ग्राम सहित १ जनालाई बुधबार दिँउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर उप-महानगरपालिका-१३ पदम पोखरी बस्ने सिंह बहादुर गोलेको छोरा वर्ष अन्दाजी ३१ को रामलाल गोले रहेका छन् । प्रहरी चौकी इनर्वा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरिले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, गोलबजार नगरपालिका-०२ गागन खोला स्थितबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ७.०२ मिलि ग्राम सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-०८ कसाहा बस्ने डल्लु यादवको छोरा वर्ष अन्दाजी २४ को पारस यादव रहेका छन् । ईलाका प्रहरी गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीको संयुक्त टोलीले उक्त लागू औषध नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०८-०२

१.      बारा,कलैया उप-महानगरपालिका वडा नं. ०७ बैरिया स्थितबाट फरार प्रतिवादी दोष महमद मिँयाको छोरा अन्दाजी वर्ष ४५ को बसुरुदिन मिया अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पिकेट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ठगि मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही,बसबरिया गाँउपालिका- ०१ स्थितबाट फरार प्रतिवादी अन्दाजी वर्ष ५५ को राम सिहासन रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा किर्ते कसुर मुद्धाको फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सिरहा,लहान नगरपालिका-०१ बजार स्थितबाट फरार प्रतिवादी जिल्ला उदयपुर त्रियुगा नगरपालिका-०३ बस्ने बालेश्वर खातिको छोरा अन्दाजी वर्ष ३५ को संजय कुमार खातीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा अपराधिक विश्वासघात तथा ठगी मुद्धाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा,औरही गाँउपालिका-०३ पिप्रा स्थितबाट फरार प्रतिवादी सोनाई यादवको छोरा अन्दाजी वर्ष ३५ को सकल देव यादव र निजको श्रीमती अन्दाजी वर्ष ३० कि रन्जु देवी यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुटपिट अंगभंग मुद्धाको फरार प्रतिवादीलाइ नियन्त्रणमा लिएका हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।