प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-०२

  • A
  • A-
  • A+
Share

१.      धनुषा, धनौजी गाउँपालिका वडा नं. ०४ भडरिया चोकबाट Nitrazepam – १७ पिस, Sposh – ५ पिस, Exiplon२ बोतल लागु औषध सहित धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १३ बस्ने  अन्दाजि बर्ष २६ को भिमलेश महतोलाई वुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । भडरिया चोक स्थित मदिरा पसलमा पसल भित्र प्रवेश गरी चोरी गर्दै रहेको अवस्थामा निजलाई पसल साहुले नियन्त्रणमा लिई प्रहरी चौकी मगरियाटोल,धनौजीबाट  खटि गएको टोलिलाई जिम्मा लगाउँदा प्रहरीले चेकजाक गर्दा निजको साथबाट उक्त लागु औषधहरु फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सप्तरी, राजगढ गाउँपालिका वडा नं. ०५ धनकी टोलबाट २५ किलो ५०० ग्राम लागु औषध गाँजा, स ९ प ७७९४ नं. को मोटरसाइकल सहित जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नं. ०४ बस्ने अन्दाजि बर्ष ४० को देबेन्द्र मण्डललाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजबाट खटिएको प्रहरी गस्ति टोलिले धनकी टोल स्थित नहरको बाटोमा उक्त मोटराइकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागु औषध गाजाँ फेला पारी लागू औषध सहित मोटरसाइकल र निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३. सर्लाही, मलंगवा नगरपालिका वडा नं. ०९ निमगाछी स्थितबाट लागु औषध ASPAM TABLET  २० पिस,  BR 30 J 4864 न.को मोटरसाइकल सहित जिल्ला सर्लाही गोडैता नगरपालिका वडा नं. १० बस्ने रामपृत मण्डलको छोरा अन्दाजि बर्ष १८ को ईशान्त मण्डल, सोहि स्थानमा बस्ने बिपत पासवानको छोरा अन्दाजि बर्ष २० को चन्दन पासवानलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको गस्ती टोलीले भारतबाट मलंगवा तर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई  शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडी सवार निज चन्दन पासवानको साथबाट उक्त लागु औषध फेला पारी लागु औषध सहित मोटरसाइकल र निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०५

१.      पर्सा, सुगौली गाउँपालिका-०१ मलाही टोल स्थितबाट लागूऔषध गाँजा ३० किलोग्राम सहित ३ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुगौली गाउँपालिका-०१ मलाही टोल बस्ने भुटी सहनीको छोरा अन्दाजि बर्ष ३४ को नन्दलाल सहनी, बिहारी सहनीको छोरा अन्दाजि बर्ष ५० को महेश सहनी र सुदामा सहनिको छोरा वर्ष अ ७५ को भुटि भन्ने भुरी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर रामजानकी मन्दिर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.३५० ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी नकरदेही पंचायत नं.२ बिर्ता टोल वस्ने नन्द साहको छोरा अन्दाजि बर्ष ४० को दुखी साह रहेका छन् । इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, हरिवन नगरपालिका-०९ स्थितबाट लागूऔषध SPAS GLENPARA-२०१४ पिस, ANTIKOF-३५०६ पिस, MEFTAL SPAS-१५०० पिस र TAPENTADOL-३५१४ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सर्लाही बागमती नगरपालिका-१० सोल्टी बजार बस्ने पुलकित महतोको छोरा अन्दाजि वर्ष ४४ को प्रदिप महतो र जिल्ला रौतहट चपुर नगरपालिका-०१ पौराही टोल बस्ने कुल थापाको छोरा अन्दाजि बर्ष २८को सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सर्लाही, बागमती नगरपालिका-०४ स्थितबाट लागूऔषध onerex-३६ बोतल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-०४ डाबरी बस्ने सुकु बहादुर बर्माको छोरा अन्दाजि बर्ष २६ को कुल बहादुर बर्मा र बिष्णु भोलो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०४

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-०२ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बर्ष अन्दाजि ६३ को राजु भन्ने राजकुमार बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिरहा बाराबाट खटिएको प्रहरी टोलिले बालयौन दुरुपयोग मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, बरियारपट्टी गाउँपालिक-०१ कचनारी स्थितबाट फरार प्रतिवादी देश भारत बिहार राज्य जिल्ला मधुबनी थाना ललमनिया ग्राम पंचायत घोडमोहना घर भइ हाल जिल्ला सिरहा नवराजपुर गाउँपालिका-०५ बस्ने मो. मोकिम मँसुरीको छोरा अन्दाजि वर्ष ३७ को मो. कुरुवान मँसुरी भन्ने मो.कुरुवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी टोलिले सवारी ज्यान मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०४

१.      पर्सा, कालिकामाई गाउँपालिका-०२ सानो गदियानी स्थितबाट वेवारिसे लागूऔषध गाँजा ५९.०८ किलोग्राम शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, मलंगवा नगरपालिका-०३ स्थितबाट लागूऔषध Diazepam-१ पिस, Buprenorphine-२ पिस र Promethazine-२ पिस सहित १ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्भि नगरपालिका-०२ बस्ने आनन्द प्रसाद चौधरीको छोरा अन्दाजि वर्ष २६ को आयुष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ स्थितबाट लागूऔषध गाँजा १९६ किलोग्राम, बा ५ च ८००१ नम्बरको पिकअप गाडी र प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाईकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका-०२ खरी ढुङगा बस्ने भरत भुजेलको छोरा अन्दाजि वर्ष २६ को रोशन भुजेल र जिल्ला मकवानपुर  मनहरी गाउँपालिका-०७ बस्ने बाबुराम स्याङबोको छोरा अन्दाजि बर्ष ३६ को बिरेन्द्र स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र सवारीसाधन सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-०६ फतेपुर टोल स्थितबाट लागूऔषध गाँजा २१००.३७ किलोग्राम सहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने शुभलाल सदाको छोरा अन्दाजि वर्ष ७४ को भोला सदा र फुदिलाल मुखियाको छोरा अन्दाजि वर्ष ५६ को मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।