लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२६
- A
- A-
- A+
१. सिरहा,
नवराजपुर गाउँपालिका-०३ जगतपुर स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ४ ग्राम ७५० मिलिग्राम सहित १ जनालाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउपालिका-०३ जगतपुर बस्ने अन्दाजि वर्ष ३०
को विरेन्द्र यादव
रहेका
छन् । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज
पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, औरही नगरपालिका-०१ हनुमान चौकबाट अवैध
लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम, Nitrazepsm-२ पिस र स ८ प ११०६ न. को मोटरसाइकल सहित १ जनालाई
बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका-०५ लर्कन्हा टोल बस्ने शिबु मुखियाको छोरा अन्दाजि बर्ष २५
को उदगार मुखिया
रहेका छन् । प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज माथी
शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषधहरु सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, धनगढिमाई नगरपालिका-१० धनगढी बजारबाट
अवैध लागूऔषध ब्राउन सुगर ५.६१० ग्राम, म.प्र.०१-००६ प २५९५ नम्बरको मोटरसाइकल
सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लहान
नगरपालिका-१३ बस्ने राम बृक्ष महत्तोको छोरा अन्दाजी २२ को दिपक कुमार महत्तो र धनगढिमाई
नगरपालिका-१२ बस्ने रामबाबु यादवको छोरा अन्दाजी बर्ष १९ को राजाराम यादव रहेका
छन् । इलाका प्रहरी कार्यालय धनगढि र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय
गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले बरियारपट्टीबाट लहान तर्फ आउँदै गरेको
मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूपदार्थ फेला पारी निजहरुलाई लागूपदार्थ सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी, शम्भुनाथ नगरपलिका-०३ शम्भुनाथ मन्दिर
गेटबाट प्रतिबन्धित Onerex
cough syrup ५० पिस सहित राजविराज नगरपालिका-०७ बस्ने घनश्याम
तेलीको छोरा अन्दाजी बर्ष २४ को राहुल साहलाई बिहिबार राति प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी गस्ति टोलिले निज व्यक्ति
माथी शंका लागि चेकजाँच गर्दा उक्त लागूपदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।