लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२९
- A
- A-
- A+
१.
पर्सा, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट अवैध
लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय
मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको
छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारत तर्फ
जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट
अवैध लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय
मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको
छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट
भारत तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई
लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
धनुषा, जनकपुर उप-महानगरपालिका-१९ जमुनिया
टोलबाट फरार प्रतिवादी मिथिला बिहारी नगरपालिका-०८ बस्ने
बिशुन देव यादवको छोरा अन्दाजि बर्ष २१ को रूपेश कुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण, शरिर बन्धक तथा जबरदस्ती करणी सम्बन्धी मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा, सिरहा नगरपालिका-१५ बुधाँरा स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्राम र म.प्र. ०१-००४ प ६२३५ नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्यानपुर नगरपालिका-०८ बस्ने कैलास मण्डलको छोरा अन्दाजि बर्ष २२ को
सुनिल मण्डल र सोही स्थानमा बस्ने रुन्द्रेश्वर मण्डलको छोरा अन्दाजि बर्ष १९ को
नरेश मंण्डल रहेका
छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ
आउँदै गरेको उक्त मोटरसाइकल माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजहरुलाई
लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व पश्चिम
राजमार्ग स्थित चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १
ग्राम १० मिलिग्राम र गाँजा १५५ ग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा जिल्ला धन्कुटा सहितपुर गाउँपालिका-०२ दोमुखा बस्ने संतोष
राईको छोरा अन्दाजि वर्ष २६ को अजय राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय
बर्दिबास,
महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ धरानबाट काठमाण्डौ तर्फ
जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दै
जाँदा निज सवारी माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई
लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
६.
धनुषा, बिदेह नगरपालिका-०८ बफै चौरी स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२० मिलिग्राम र प्रदेश २-०२-००२ प १००५ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-०९
दुवरकोठ हत्लेठवा बस्ने बिजय मण्डलको छोरा अन्दाजि बर्ष १८ को किसन कुमार मण्डल रहेका
छन् । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले उक्त मोटरसाइकल
माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध र मोटरसाईकल
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
७.
बारा, बारागढी गाउँपालिका-०३ श्रीपुरा
स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४६० मिलिग्राम सहित सोही
स्थानमा
बस्ने चन्द्रिका मलिकको छोरा बर्ष अन्दाजि २० को संजय मलिकलाई
आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढी बाराबाट
खटिएको प्रहरी गस्ती टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त
लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।