कटुवा पेस्तोल सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२९
- A
- A-
- A+
कटुवा पेस्तोल सहित
मानिस नियन्त्रण सम्बन्धी :-
१.
सर्लाही, मलंगवा नगरपालिका-०८ प्रादेशिक
अस्पताल नजिकको सैलुन पसलबाट अवैध कटुवा पेस्तोल थान-१ गोली २ राउण्ड सहित १
जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी थाना बाजपट्टी बल्क बाजपट्टी-१२ स्थायी
घर भएका लालबाबु ठाकुरको छोरा अन्दाजि बर्ष ३८ को राजेश कुमार रहेका छन् । बिशेष
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले
निजले मलंगवा नगरपालिका-०८ अस्पताल रोडमा संचालन गरेको सैलुन (कपाल काट्ने) पसलमा रहेको कुर्सी माथि कालो प्लाष्टिकको झोलामा 2 IN 1 VACUUM
CLEANER लेखिएको बट्टा भित्र लुकाई छिपाई राखेको उक्त
गैरकानुनी पेस्तोल र गोली फेला पारी पेस्तोल र गोली सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।