फरार कैदी/बन्दी नियन्त्रण सम्बन्धी
२०८३-०३-३१
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिका-०३ डाबरी टोलबाट GEN-Z को
आन्दोलनको क्रममा जलेश्वर कारागार महोत्तरीबाट फरार रहेका कैदी
सोही स्थानमा बस्ने अन्दाजि बर्ष २४ को अविषेक परियालाई मंगलबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको
प्रहरी टोलिले चेकजाँचको क्रममा लागू औषध मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।