फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-३१
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट व्यक्ति चेक अनादार कसुर
मुद्बाको
फरार प्रतिवादी जितपुरसिमरा उप- महानगरपालिका-०३ बजनि बस्ने चक्रध्वज
कार्किको छोरा अन्दाजि वर्ष ५२ को भैरव कार्की, बैकिङ कसुर मुद्दाको फरार
प्रतिवादी कलैया उप-महानगरपालिका-०३ जगरनाथपुर बस्ने अन्दाजि वर्ष ६९ को विल्ट
मिया घोवि, कुटपिट मुद्दाको फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५५ को
महेश प्रसाद यादव, सोही स्थानमा बस्ने कुटपिट मुद्दाको फरार प्रतिवादी अन्दाजि
बर्ष ५२ की बिसमतिया देवी, लागू औषध सम्बन्धी
कसुर मुद्दाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-०३ भट्टी बैरीया बस्ने
अन्दाजि बर्ष ७५ को बिश्वनाथ दास र चेक अनादर मुद्दाका फरार प्रतिवादी बारा कलैया
उप-महानगरपालिका-२५ सिसहनिया बस्ने अन्दाजि वर्ष २५ को रण बहादुर पटेललाई मंगलबार
प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, राजपुर नगरपालिका-०८ बाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को आफान आलमलाई मंगलबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
महोत्तरी, एकडारा गाउँपालिका-०३ अजमरपट्टी
स्थितबाट फरार प्रतिवादी सोही स्थान भटौलिया टोलमा बस्ने रामदयाल मण्डलको छोरा बर्ष अन्दाजि ३६ को दिलिप मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागू औषध मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।