प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध समान सहित गाडी नियन्त्रण सम्बन्धी

२०८३-०३-२९

  • A
  • A-
  • A+
Share


१.      पर्सा, बिरगंज महानगरपालिका-१४ गण्डक चोक स्थित चेकपोष्टबाट अन्दाजी रु.२,८०,००,०००/- (दुई करोड अस्सी लाख) मुल्य बराबरको बिल बिजक भन्दा बढी खुद्रा सामानहरु, ना ५ ख ३३३१ नम्बरको डिब्बा गाडी र प्र.२-०३-००१ ख १४१६ नम्बरको मिनी ट्रक बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डक पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले  प्रहरीको टोलिले  उक्त गाडीहरु रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित दुईवटै गाडीहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-२१ को वडा कार्यालय अगाडीबाट अवैध भन्सार छली गरी राखेको अन्दाजि मुल्य रु. ७,००,०००-। (सात लाख) बराबरको ELFBAR Raya D3 pro (vape)  शनिबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी चेकिङ्ग टोलिले बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा सो बसको डिक्कि भित्र लुकाई छिपाई ल्याईएको बिल बिजक नभएको उक्त नियन्त्रणमा लिई लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-३१

१.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व-पश्चिम राजमार्ग स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५५० मिलिग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ रोलाङ गाउँपालिका-०९ बस्ने भिम बहादुर गिरीको छोरा वर्ष २८ को सुरज गिरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलिले ईनरुवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र. ०१-००२ ज ९२२३ नम्बरको ई.भि. भाडावाला ट्याक्सीमा सवार निज माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, मटिहानी नगरपालिका-०८ भन्सार स्थितबाट अवैध लागूऔषध गाँजा ११ किलो ४९२ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा देश भारत दिल्ली प्रान्त अशोक बिहार जयजय कलोनी बजिरपुर, पथरबला बाग बस्ने राम बलम महत्तोको छोरा अन्दाजि बर्ष २० को अमन महत्तो र सोही स्थानमा बस्ने मो.सकिलको छोरा बर्ष अन्दाजि २० को मो.कैफ रहेका छन् । प्रहरी चौकी मटिहानी महोत्तरी र सशस्त्र प्रहरी बल वि.ओ.पि. मटिहानी महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले मटिहानीबाट भारत तर्फ जाँदै गरेको निज पैदल यात्रीहरु माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, नगराईन नगरपालिका-०२ नगराईन बजार स्थितबाट अवैध लागूऔषध गाँजा १५० ग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका-०६ पुर्वारी टोल लग्मा बस्ने अन्दाजि बर्ष ५५ को हेमन मण्डल रहेका छन् । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लग्मा जटही धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      धनुषा, जनकपुर उप-महानगरपालिका-२३ बसपार्क स्थितबाट अवैध लागूऔषध गाँजा ५० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-०२ भुतही बस्ने भरत मण्डलको छोरा अन्दाजि वर्ष २१ को सुभाष कुमार मण्डल रहेका छन् । प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सिरहा, मिर्चैया नगरपालिका-०६ भन्सार स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० मिलिग्राम, नेपाली रुपैया २२,२५०/- र स्किन टच मोबाईल थान-५ सहित ३ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा मिर्चैया नगरपालिका-०८ जिवा टोल बस्ने केदार गिरी को छोरा अन्दाजि वर्ष ३२ को चन्द्र प्रसाद गिरी, सोही स्थानमा बस्ने चैती पासवानको छोरा अन्दाजि वर्ष २१ को देव कुमार पासवान र सोही नगरपालिका महादेवा टोल बस्ने जमुना श्रेष्ठको छोरा अन्दाजि वर्ष ३५ को उमेश श्रेष्ठ रहेका छन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निज उमेश श्रेष्ठले संचालन गरेको बेकरी पसलमा चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-३१

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट व्यक्ति चेक अनादार कसुर मुद्बाको फरार प्रतिवादी जितपुरसिमरा उप- महानगरपालिका-०३ बजनि बस्ने चक्रध्वज कार्किको छोरा अन्दाजि वर्ष ५२ को भैरव कार्की, बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०३ जगरनाथपुर बस्ने अन्दाजि वर्ष ६९ को विल्ट मिया घोवि, कुटपिट मुद्दाको फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५५ को महेश प्रसाद यादव, सोही स्थानमा बस्ने कुटपिट मुद्दाको फरार प्रतिवादी अन्दाजि बर्ष ५२ की बिसमतिया देवी, लागू औषध सम्बन्धी  कसुर मुद्दाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-०३ भट्टी बैरीया बस्ने अन्दाजि बर्ष ७५ को बिश्वनाथ दास र चेक अनादर मुद्दाका फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-२५ सिसहनिया बस्ने अन्दाजि वर्ष २५ को रण बहादुर पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट, राजपुर नगरपालिका-०८ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को आफान आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, एकडारा गाउँपालिका-०३ अजमरपट्टी स्थितबाट फरार प्रतिवादी सोही स्थान भटौलिया टोलमा बस्ने रामदयाल मण्डलको छोरा बर्ष अन्दाजि ३६ को दिलिप मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागू औषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-३०

१.      सर्लाही, हरिवन नगरपालिका-०३  स्थितबाट अवैध लागूऔषध SPASMOP-१०६ पिस, नाइट्राजेपाम-५८ पिस र गाँजा ६०० ग्राम सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बुद्दे योञ्जनको छोरी अन्दाजि बर्ष ३० की बुनु योञ्जन रहेका छन् । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, बिदेह नगरपालिका-०१ ठाडिझिझा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही धनुषा औरहि गाउँपालिका-०८ बस्ने राम ह्रिदय मण्डलको छोरा अन्दाजि बर्ष २२ को बिकि मण्डल रहेका छन् । प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदलयात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-३०

१.      बारा, महागढीमाई नगरपालिका-०१ बरियारपुरबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३० को विशाल कुमार साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ्ग कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      रौतहट, राजपुर नगरपालिका-०८ राजपुरबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को आफान आलमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      सर्लाही, लालबन्दी नगरपालिका-०१ लखन्देही खोला पुल स्थितबाट फरार प्रतिवादी हरिवन नगरपालिका-०३ डाबरी बस्ने ज्ञान बहादुर हेम्जनको छोरा अन्दाजि वर्ष ३४ को रत्न कुमार हेम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागू औषध सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने खडानन्द डोटेलको छोरा अन्दाजि बर्ष ३० को बिमल डोटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-२९

१.      पर्सा, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, ठोरी गाउँपालिका-०३ बुद्धनगरबाट अवैध लागूऔषध गाँजा ४ किलो ४५० ग्राम, BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकल सहित देश भारत बिहार पश्चिमी चम्पारण ढुटिटोला-०४ बस्ने रमेश चौधरीको छोरा अन्दाजी बर्ष २२ को रुपेश कुमारलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ओडार पर्साबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, जनकपुर उप-महानगरपालिका-१९ जमुनिया टोलबाट फरार प्रतिवादी मिथिला बिहारी नगरपालिका-०८ बस्ने बिशुन देव यादवको छोरा अन्दाजि बर्ष २१ को रूपेश कुमार यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण, शरिर बन्धक तथा जबरदस्ती करणी सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।४.      सिरहा, सिरहा नगरपालिका-१५ बुधाँरा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ५४० मिलिग्राम र  म.प्र. ०१-००४ प ६२३५ नम्बरको मोटरसाइकल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्यानपुर नगरपालिका-०८ बस्ने कैलास मण्डलको छोरा अन्दाजि बर्ष २२ को सुनिल मण्डल र सोही स्थानमा बस्ने रुन्द्रेश्वर मण्डलको छोरा अन्दाजि बर्ष १९ को नरेश मंण्डल रहेका छन् । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाइकल माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजहरुलाई लागूऔषध र मोटरसाईकल  सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व पश्चिम राजमार्ग स्थित चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम र गाँजा १५५ ग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धन्कुटा सहितपुर गाउँपालिका-०२ दोमुखा बस्ने संतोष राईको छोरा अन्दाजि वर्ष २६ को अजय राई रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी चेकिङ धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दै जाँदा निज सवारी माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।६.      धनुषा, बिदेह नगरपालिका-०८ बफै चौरी स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २२० मिलिग्राम र प्रदेश २-०२-००२ प १००५ नम्बरको मोटरसाइकल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा कमला नगरपालिका-०९ दुवरकोठ हत्लेठवा बस्ने बिजय मण्डलको छोरा अन्दाजि बर्ष १८ को किसन कुमार मण्डल रहेका छन् । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले उक्त मोटरसाइकल माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ७.      बारा, बारागढी गाउँपालिका-०३ श्रीपुरा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४६० मिलिग्राम सहित सोही स्थानमा बस्ने चन्द्रिका मलिकको छोरा बर्ष अन्दाजि २० को संजय मलिकलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी गस्ती टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।