लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-३०
- A
- A-
- A+
१.
सर्लाही, हरिवन नगरपालिका-०३ स्थितबाट अवैध लागूऔषध SPASMOP-१०६ पिस, नाइट्राजेपाम-५८ पिस र गाँजा
६०० ग्राम सहित
१ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बुद्दे योञ्जनको छोरी अन्दाजि बर्ष ३० की बुनु योञ्जन रहेका छन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी चेकिङ
टोलिले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, बिदेह नगरपालिका-०१ ठाडिझिझा स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०० मिलिग्राम सहित १ जनालाई सोमबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही धनुषा औरहि गाउँपालिका-०८ बस्ने राम ह्रिदय मण्डलको छोरा अन्दाजि बर्ष २२ को बिकि मण्डल
रहेका छन् । प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटिएको प्रहरी चेकिङ टोलिले निज पैदलयात्री
माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी निजलाई लागूऔषध सहित
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।