फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-३०
- A
- A-
- A+
१.
बारा, महागढीमाई नगरपालिका-०१ बरियारपुरबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३० को विशाल कुमार साहलाई सोमबार
साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा बैकिङ्ग कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, राजपुर नगरपालिका-०८ राजपुरबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष २२ को आफान आलमलाई सोमबार बिहान
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दाका फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
सर्लाही, लालबन्दी नगरपालिका-०१ लखन्देही खोला
पुल स्थितबाट फरार प्रतिवादी हरिवन नगरपालिका-०३
डाबरी बस्ने ज्ञान बहादुर हेम्जनको छोरा अन्दाजि वर्ष ३४ को रत्न कुमार हेम्जनलाई सोमबार बिहान
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा लागू औषध सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा, धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी
स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने खडानन्द डोटेलको छोरा अन्दाजि बर्ष ३० को बिमल डोटेललाई सोमबार साँझ प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।