लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०३-३१
- A
- A-
- A+
१.
महोत्तरी, बर्दिबास नगरपालिका-०१ पुर्व-पश्चिम
राजमार्ग स्थित जिल्ला ट्राफिक प्रहरी
कार्यालय बर्दिबासको चेक पोष्टबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५५० मिलिग्राम सहित १ जनालाई
मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ
रोलाङ गाउँपालिका-०९ बस्ने भिम बहादुर गिरीको छोरा वर्ष २८ को सुरज गिरी
पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण व्युरो
शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी टोलिले ईनरुवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र. ०१-००२
ज ९२२३ नम्बरको ई.भि. भाडावाला ट्याक्सीमा सवार निज माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
महोत्तरी, मटिहानी नगरपालिका-०८ भन्सार
स्थितबाट अवैध लागूऔषध गाँजा ११ किलो ४९२ ग्राम सहित २ जनालाई मंगलबार बिहान
प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा देश भारत दिल्ली प्रान्त अशोक बिहार जयजय कलोनी बजिरपुर, पथरबला बाग बस्ने राम
बलम महत्तोको छोरा अन्दाजि बर्ष २० को अमन महत्तो र सोही स्थानमा बस्ने मो.सकिलको
छोरा बर्ष अन्दाजि २० को मो.कैफ रहेका छन् । प्रहरी चौकी मटिहानी महोत्तरी र सशस्त्र प्रहरी बल वि.ओ.पि. मटिहानी महोत्तरीबाट
खटिएको संयुक्त
प्रहरी टोलिले मटिहानीबाट भारत तर्फ जाँदै गरेको निज पैदल यात्रीहरु माथी
शंका लागी चेकजाँच
गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, नगराईन नगरपालिका-०२ नगराईन बजार स्थितबाट
अवैध लागूऔषध गाँजा १५० ग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेरको
छ । पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका-०६ पुर्वारी
टोल लग्मा बस्ने अन्दाजि बर्ष ५५ को हेमन मण्डल रहेका छन् । बिशेष
सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लग्मा जटही धनुषाबाट खटिएको प्रहरी
टोलिले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, जनकपुर उप-महानगरपालिका-२३ बसपार्क
स्थितबाट अवैध लागूऔषध गाँजा ५० ग्राम सहित १ जनालाई मंगलबार राती प्रहरीले पक्राउ
गरेरको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-०२
भुतही बस्ने भरत मण्डलको छोरा अन्दाजि वर्ष २१ को सुभाष कुमार मण्डल रहेका छन् ।
प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरी
चेकिङ् टोलिले निज पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला
पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
५.
सिरहा, मिर्चैया नगरपालिका-०६ भन्सार स्थितबाट
अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० मिलिग्राम, नेपाली रुपैया २२,२५०/- र स्किन टच मोबाईल थान-५ सहित ३ जनालाई
मंगलबार राती प्रहरीले पक्राउ गरेरको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा मिर्चैया नगरपालिका-०८ जिवा टोल बस्ने केदार गिरी को छोरा अन्दाजि
वर्ष ३२ को चन्द्र प्रसाद गिरी, सोही स्थानमा बस्ने चैती पासवानको छोरा अन्दाजि वर्ष
२१ को देव कुमार पासवान र सोही नगरपालिका महादेवा टोल बस्ने जमुना श्रेष्ठको छोरा
अन्दाजि वर्ष ३५ को उमेश श्रेष्ठ रहेका छन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी
चेकिङ् टोलिले निज उमेश श्रेष्ठले संचालन गरेको बेकरी पसलमा चेकजाँच
गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।