फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०३-२९
- A
- A-
- A+
१.
बारा, महागढीमाई नगरपालिका-०५ कवहीबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने रामचन्द्र चौधरीको छोरा
अं.बर्ष ४३ को प्रमोद कुमार चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन बिगो मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, लालबन्दी नगरपालिका-०२ बाट फरार
प्रतिवादी सोही स्थानमा जिल्ला धनुषा विदेह नगरपालिका-०४
झिझा टोल घर बताउने दुखि पासवानको छोरा अन्दाजि वर्ष ४० को विजय भन्ने रंजित
पासवानलाई
शुक्रबार
राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा ज.ज.क. तथा डाँका सम्बन्धी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, बरहथवा नगरपालिका-१० बजारबाट फरार
प्रतिवादी सोही स्थानमा मनोज कुमार रायको छोरा अन्दाजि
बर्ष ३० को दिपु कुमार रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, जनकपुर उप- महानगरपालिका-११ देबी
चौकबाट फरार प्रतिवादी सोही स्थानमा राजेश मण्डललाई शनिबार बिहान
प्रहरीले पक्राउ गरेको छ । प्रहरी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले
चेकजाँच गर्दा बहु बिवाह मुद्दाका फरार रहेका
निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
५.
बारा, जितपुरसिमरा उप-महानगरपालिका-२४
हरपुरबाट फरार प्रतिवादी जिल्ला पर्सा संखुवा
प्रसौनी गाउपालिका-०३ बस्ने पैगम्बर अंसारीको छोरा अन्दाजि बर्ष ३७ को महमद अफजल
अंसारीलाई
आईतबार
साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट ईनर्वासिरा बाराबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
६.
सप्तरी, जिल्लाका बिभिन्न स्थानबाट बिगो मुद्बाको
फरार प्रतिवादी सप्तरी महादेवा गाउपालिका-०४ महादेवा बस्ने महेन्द्र
कामैतको
श्रीमती अन्दाजि बर्ष ६८ की सुकमरिया देवी कामैत र चेक अनादर बिगो मुद्धाका फरार प्रतिवादी सप्तरी राजबिराज नगरपालिका-०७ बस्ने रमेश साहको छोरा अन्दाजि बर्ष ५१ को सोमन
साहलाई
आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।