प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०४-२४

  • A
  • A-
  • A+
Share

१.      पर्सा, बिन्दाबासिनि गाउँपालिका-०४ मधवल स्थितबाट अवैध लागूऔषध गाँजा ३९.२५० किलोग्राम, बा ८७ प ७८७०, ग ११ प ८५१४ र बा.प्र.०२-०२९ प ९८९७ नम्बरको मोटरसाईकलहरु सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-०३ बस्ने सन्तलाल तामाङको छोरो वर्ष २३ को दिपेश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सिरहा, गोलबजार नगरपालिका-०८ पुरानो चोहर्वा स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.०५६ ग्राम सहित १ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-०६ बस्ने दिलिप कुमार नायकको छोरा अन्दाजि बर्ष २३ को जय कुमार नायक रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सिरहा, गोलबजार नगरपालिका-०७ दुर्गा मन्दिर स्थितबाट अवैध लागूऔषध ONEREX-१३ बोतल सहित १ जनालाई शनिबार राती प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-०८ बस्ने राम नारायण राय कुर्मीको छोरा अन्दाजि बर्ष १८ को शिव प्रसाद राय कुर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निजमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखीएको उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-०८ जोगिनिया स्थितबाट अवैध लागूऔषध गाँजा ३०२ किलो ४८० ग्राम सहित १ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी-०७ मुखिया टोल बस्ने कुसुमलाल मुखियाको छोरा अन्दाजि बर्ष ५३ को माधुरी मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२६

पर्सा, वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नेपाली रु.५२,५०,०००/- (बाउन्न लाख पचास हजार रुपैयाँ), प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाईकल सहित ४ जनालाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सितामढी थाना डुमरा-०६ बस्ने अन्दाजि बर्ष २६ को सुरज कर्ण ,जिल्ला बारा प्रसौनी गाँउपालिका-०१ बस्ने आन्दाजी वर्ष ३२ को उपेन्द्र साह, वर्ष २६ को सागर कुमार सर्राफ, जिल्ला पर्सा विन्दवासिनी गाँउपालिका झौवागुठी-०१ बस्ने वर्ष २५ को राहुल कुमार गुप्ता रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त मोटरसाईकलहरुमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा नेपाली रु. १,०००/- को नोट ४००५ थान, रु. ५००/- को नोट २३५३ थान, रु. १००/- को नोट ६४३ र रु. ५०/- को नोट ८४ थान फेला पारी उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२६

१.      बारा, महागढीमाई नगरपालिका-०६ बबुआईनबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५८ को जयलाल प्रसाद जयसवाल र निजको छोरा अन्दाजी वर्ष २५ को बिनयक चौरसिया समेतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्धामा फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-०४ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने  मोहम्मद जवाल मंसुरीको श्रीमती अन्दाजि वर्ष ३० की जवेरुन खातुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लुटपिट मुद्बाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२६

१. पर्सा, पटेर्वा सुगौली गाउँपालिका-०३ सोनबर्सा स्थितबाट लागूऔषध गाँजा १०५ किलोग्राम सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला बेतिया ग्राम उजहरु परजिलवा भागा श्रीनगर-०३ बस्ने वर्ष अन्दाजि ५० को सउरु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरी पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी लागऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   २.      बारा, निजगढ नगरपालिका-०२ सिंगौल स्थितबाट अवैध लागूऔषध Tramadol-६० पिस, Nitrazepam-१० पिस सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा निजगढ नगरपालिका-०२ भरतजंग बस्ने राजन श्रेष्ठको छोरा अन्दाजि बर्ष २३ को सन्देश श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट सिंगोल बाराबाट खटिएको खटिएको प्रहरी गस्ती टोलीले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, बिदेह नगरपालिका-०८ बफही टोलबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.६० ग्राम, प्रदेश२-०२-००५-१३२४ नम्बरको मोटरसाईकल सहित १ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बिनोद कुमार साहको छोरा अन्दाजि बर्ष १९ को निरज कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, कञ्चनरुप नगरपालिका-०५ कोशिटाप्पु ब्यारेजको उत्तर जंगलबाट बेवारिसे अवैध लागूऔषध गाँजा प्लाष्टिकको  ३० वटा बोरामा अन्दाजि १५०० किलोग्राम सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र नेपाली सेना सहितको टोलि खटि गई उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिई लागूऔषध को परिणाम धेरै तथा खोलाको बहाव बढी भएको हुनाले प्रहरी कार्यालयमा ल्याउन कठिन भएकोले नेपाली सेना, नेपाल प्रहरी तथा कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यलयका प्रतिनिधीहरुको सहमति तथा रोहवरमा सोही ठाउँमा उक्त लागूऔषध नष्ट गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

गाईको मासु सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

१.      सर्लाही, लालबन्दी नगरपालिका-०६ कालिन्जोर जंगलबाट अवैध गाईको मासु र ना १ च ९४४६ नम्बरको हाथी गाडी सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-०१ नवलपुर बस्ने देवी बहादुर राईको छोरा अन्दाजि वर्ष ४५ को राकेश राई र लालबन्दी नगरपालिका-०६ बस्ने दल बहादुर तामाङको श्रीमती अन्दाजि वर्ष ४२ की पदम माया तामाङ रहेका छन । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त अवैध गाईको मासु र हाथी गाडी सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

१.      पर्सा, बिरगंज महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्था १६.५७ ग्राम सहित १ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-०१ बस्ने डोमा पासवानको छोरा अन्दाजि बर्ष २५ को शत्रुधन पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, जितपुरसिमरा उप-महानगरपालिका-०७ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७४४ ग्राम सहित १ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मुखतार वैठाको छोरा अन्दाजि बर्ष ४२ को बिरेन्द्र बैठा रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा निजको घरबाट उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, मलंगवा नगरपालिका-०८ गोरखकाली चोकबाट अवैध लागूऔषध Nitrazepam-७ पिस सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही कविलासी नगरपालिका-०३ बस्ने बालकिशोर गिरिको छोरा बर्ष १९ को बिनेक गिरी र नुर महमद साह फकिरको छोरा अन्दाजि वर्ष २५ को राजा हुसेन रहेका छन् । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, जनकपुर उप-महानगरपालिका-०९ सकल कन्या मा.बि. नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०६ ग्राम सहित १ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने प्रमोद कुमार साहको छोरा अन्दाजि वर्ष २८ को समिर कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०४-२५

१.      रौतहट, कटहरीया नगरपालिका-०४ कटहरीयाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३० को संजय प्रसाद जयसवाललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैंकिङ कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, भंगाहा नगरपालिका-०५ सितापुर बजारबाट फरार प्रतिवादी भंगाहा नगरपालिका-०४ बस्ने रामनचन्द्र सिंह को छोरा अन्दाजि बर्ष ३८ को संतोष सिंहलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सरकारी रकम हिनामिना गरी ठगि गरेको मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-०१ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने अवधी यादवको छोरा अन्दाजि बर्ष ६५ को मानविर यादवलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।