लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२६
- A
- A-
- A+
१.
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-०३ सोनबर्सा
स्थितबाट लागूऔषध गाँजा १०५ किलोग्राम सहित
१ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला बेतिया ग्राम उजहरु परजिलवा भागा
श्रीनगर-०३ बस्ने वर्ष अन्दाजि ५० को सउरु चौधरी रहेका छन् । इलाका प्रहरी
कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरी पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी लागऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, निजगढ नगरपालिका-०२
सिंगौल स्थितबाट अवैध लागूऔषध Tramadol-६० पिस, Nitrazepam-१० पिस सहित
१ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा जिल्ला बारा निजगढ नगरपालिका-०२ भरतजंग बस्ने राजन श्रेष्ठको छोरा अन्दाजि बर्ष २३
को सन्देश श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट
सिंगोल बाराबाट खटिएको खटिएको प्रहरी गस्ती टोलीले निज पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला
पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, बिदेह नगरपालिका-०८
बफही टोलबाट
लागूऔषध ब्राउन
सुगर जस्तो देखिने पदार्थ ४.६० ग्राम, प्रदेश२-०२-००५-१३२४ नम्बरको
मोटरसाईकल सहित
१ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बिनोद कुमार साहको छोरा अन्दाजि बर्ष १९
को निरज कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी
टोलीले उक्त मोटरसाईकलमाथी शंका लागी नियन्त्रणमा लिई
चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध र
मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी, कञ्चनरुप नगरपालिका-०५
कोशिटाप्पु ब्यारेजको
उत्तर जंगलबाट बेवारिसे अवैध लागूऔषध गाँजा प्लाष्टिकको ३० वटा बोरामा अन्दाजि १५०० किलोग्राम सोमबार
साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
सप्तरी, इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र नेपाली सेना
सहितको टोलि खटि गई उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिई लागूऔषध को परिणाम
धेरै तथा खोलाको बहाव बढी भएको हुनाले प्रहरी कार्यालयमा ल्याउन कठिन भएकोले
नेपाली सेना,
नेपाल प्रहरी तथा कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यलयका
प्रतिनिधीहरुको सहमति तथा रोहवरमा सोही ठाउँमा उक्त लागूऔषध
नष्ट गरिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।