स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०४-२६
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नेपाली रु.५२,५०,०००/- (बाउन्न लाख पचास हजार रुपैयाँ), प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाईकल सहित ४ जनालाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला सितामढी थाना डुमरा-०६ बस्ने अन्दाजि बर्ष २६ को सुरज कर्ण ,जिल्ला बारा प्रसौनी गाँउपालिका-०१ बस्ने आन्दाजी वर्ष ३२ को उपेन्द्र साह, वर्ष २६ को सागर कुमार सर्राफ, जिल्ला पर्सा विन्दवासिनी गाँउपालिका झौवागुठी-०१ बस्ने वर्ष २५ को राहुल कुमार गुप्ता रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले उक्त मोटरसाईकलहरुमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा नेपाली रु. १,०००/- को नोट ४००५ थान, रु. ५००/- को नोट २३५३ थान, रु. १००/- को नोट ६४३ र रु. ५०/- को नोट ८४ थान फेला पारी उक्त रकम सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।