लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१४ कृष्णा प्रणामी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्था १६.५७
ग्राम सहित
१ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा देश
भारत जिल्ला मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत-०१ बस्ने डोमा पासवानको छोरा अन्दाजि
बर्ष २५ को शत्रुधन पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र
प्रहरी चौकी भिष्वाडाँडा पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला
पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुरसिमरा
उप-महानगरपालिका-०७ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७४४ ग्राम सहित
१ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही स्थानमा बस्ने मुखतार वैठाको छोरा अन्दाजि बर्ष ४२ को
बिरेन्द्र बैठा रहेका छन् । ईलाका प्रहरी कार्यालय
जितपुर बाराबाट खटिएको प्रहरी
टोलीले विशेष
सूचनाको आधारमा निजको घरबाट उक्त लागूऔषध फेला पारी
लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सर्लाही, मलंगवा
नगरपालिका-०८ गोरखकाली चोकबाट अवैध लागूऔषध Nitrazepam-७
पिस सहित
२ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सर्लाही कविलासी नगरपालिका-०३ बस्ने बालकिशोर गिरिको छोरा
बर्ष १९ को बिनेक गिरी र नुर महमद साह फकिरको छोरा अन्दाजि वर्ष २५ को राजा हुसेन रहेका
छन् । प्रहरी चौकी गोरखकाली सर्लाहीबाट
खटिएको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला
पारी लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, जनकपुर
उप-महानगरपालिका-०९ सकल कन्या मा.बि. नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ १.०६
ग्राम सहित
१ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने प्रमोद कुमार साहको छोरा अन्दाजि वर्ष
२८ को समिर कुमार साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय
धनुषाबाट खटिएको प्रहरी
टोलीले निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।