फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०४-२५
- A
- A-
- A+
१.
रौतहट, कटहरीया नगरपालिका-०४ कटहरीयाबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि
वर्ष ३० को संजय प्रसाद जयसवाललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको
छ । इलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा
बैंकिङ कसुर मुद्बाको फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, भंगाहा नगरपालिका-०५ सितापुर बजारबाट फरार प्रतिवादी भंगाहा नगरपालिका-०४ बस्ने रामनचन्द्र सिंह को छोरा अन्दाजि बर्ष ३८ को
संतोष सिंहलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सरकारी रकम हिनामिना गरी ठगि गरेको मुद्बाको फरार रहेका
निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, लक्ष्मीपुरपतारी गाउँपालिका-०१ बाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने बस्ने अवधी यादवको
छोरा अन्दाजि बर्ष ६५ को मानविर यादवलाई आईतबार बिहान
प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले
चेकजाँच गर्दा बैकिङ कसुर मुद्बाको फरार रहेका निज
प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।