गाईको मासु सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५
- A
- A-
- A+
१. सर्लाही, लालबन्दी नगरपालिका-०६ कालिन्जोर जंगलबाट अवैध गाईको मासु र ना १ च ९४४६ नम्बरको हाथी गाडी सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-०१ नवलपुर बस्ने देवी बहादुर राईको छोरा अन्दाजि वर्ष ४५ को राकेश राई र लालबन्दी नगरपालिका-०६ बस्ने दल बहादुर तामाङको श्रीमती अन्दाजि वर्ष ४२ की पदम माया तामाङ रहेका छन । इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त अवैध गाईको मासु र हाथी गाडी सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।