प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०४-३१

  • A
  • A-
  • A+
Share

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट ज्यान मार्ने उद्योग मुद्बाको फरार प्रतिवादी बारा सुवर्ण गाउँपालिका-०६ मझरीया बस्ने अन्दाजि वर्ष ६० को शेष अब्दुल खैर र कुटपिट अङभङ्ग सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा परवानिपुर गाउँपालिका-०५ बहुअरी टोल बस्ने जयलाल प्रसाद पटेलको छोरा अन्दाजि बर्ष ३० को मुन्ना पटेल समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      रौतहट जिल्लाका बिभिन्न स्थानबाट बैकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी रौतहट चन्द्रपुर नगरपालिका-१० चेतनगर बस्ने अनुप साहको छोरा अन्दाजि बर्ष ५३ को देव नारायण साह, लेनदेन मुद्दाको फरार प्रतिवादी रौतहट देवाही गोनाही नगरपालिका-०६ घर भई हाल ससुराली गाउँ मौलापुर नगरपालिका-०७ पिपरिया टोल बस्ने रामस्वरुप साहको छोरा अन्दाजि बर्ष ५५ को सुरज साह कानु र चोरी मुद्दाको फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-०२ हजमिनिया बस्ने  गणेश महत्तोको छोरा अन्दाजि बर्ष २२ को कुईसा भन्ने भोला महत्तो समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      धनुषा, जनकपुर उप-महानगरपालिका-०१ भानुचोकबाट फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१७ बस्ने विन्देश्वर यादवको छोरा अन्दाजि वर्ष ४० को शतिस कुमार यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा वैदेशिक रोजगार मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध हतियार नियन्त्रणमा ।
२०८३-०६-०१

१.      पर्सा, पटर्वा सुगौली गाउँपालिका-०१ भाठा गेटबाट भित्री जंगलबाट बेवारिसे भरुवा बन्दुक थान-१ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      पर्सा, बिरगंज महानगरपालिका-१५ भेडीयाही स्थितबाट बेवारिसे काठको बिड भएको कटुवा पेस्तोल थान-३, कटुवा रिभल्वर थान-१ , गोली ६ राउण्ड सहित UP 16 AJ 3301 नम्बरको मारुती गाडी बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सुचनाको आधारमा भेडियाहि सितला मन्दिर स्थित बाटोको छेउमा पार्किङ गरी राखेको उक्त गाडीमाथी शंकालागी चेकजाँच उक्त गैरकानूनी हतियार र गोली फेला पारी मारुती गाडी सहित नियन्त्रणमा लिएको हो । फरार रहेको मानिसको खोजतलास तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-०१

धनुषा, धनौजी गाउँपालिका-०२ गोरदाहा देउरी भित्री सडक खण्ड स्थितबाट स्रोत नखुलेको रकम रु.१३,६५,०००/- (तेह्र लाख पैंसट्ठी हजार), BR 32 BB 1899  नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मधुवनी ग्राम खौना बस्ने अन्दाजि बर्ष ३५ को राधाकान्त बयार रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी चेकिङ् टोलिले लखौरीबाट गोरदाहा तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      बारा, जितपुर सिमरा उप-महानगरपालिक-१० नितपुर स्थितबाट फरार प्रतिवादी पर्सा पर्सागढी नगरपालिका-०६ बागेश्वरी चैनपुर बस्ने काशी प्रसाद यादवको छोरा अंन्दाजि बर्ष ४५को प्रमोद प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलिले सवारी दुर्घटना मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-१३ स्थितबाट फरार प्रतिवादी सोहि स्थानमा बस्ने बुद्दिमान बलको छोरा अंन्दाजि बर्ष ४१को धन बहादुर बललाई मंगलबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-३१

१.      पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ गाउँ स्थितबाट लागूऔषध चरेस जस्तो जस्तो देखिने पदार्थ ९.५७८ किलोग्राम, HP  94-4983 नम्बरको मोटरसाईकल सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत मोतिहारी जिल्ला थाना हरसिद्दि ग्राम पंचायत बैरियाडिह वडा नं.९ बैरियाडिह बस्ने बिरबल चौधरीको छोरा अंन्दाजि १९ को संदिप चौधरी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हे.क्वा. अलौ पर्साबाट खटिएको संयुक्त गस्ति टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-०१ हुलाकी सडक खण्ड स्थितबाट बेवारिसे लागूऔषध गाँजा १०५ किलोग्राम सहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।