प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०५-०१

  • A
  • A-
  • A+
Share

१.      पर्सा, बिरगंज महानगरपालिका-१५ बाइपास रोड दास पेट्रोलपम्प स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ५०.७ ग्राम, ONTEST मोटरसाइकल सहित २ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्सा पकहामैनपुर गाउँपालिका-०४ बस्ने अब्दुल देवानको छोरा बर्ष २४ को सम्साद देवान र बिन्दावासनी गाउँपालिका-०५ बस्ने एनैलु शेषको छोरा बर्ष २२ को सफैएज शेष रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      सर्लाही, हरिवन नगरपालिका-०३ डाबरी स्थितबाट लागूऔषध Aadishr-८ पिस, Aspam-११४ पिस, I-pm-10-४४ पिस, Nitrazepam-५ पिस, Integrated life scinces-१० पिस,गाँजा १.२१३ किलोग्राम, spasmo-८९ पिस सहित ३ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०३ डाबरी बस्ने सुकुदेब बम्जनको श्रीमती बर्ष ४५ की रत्ना कुमारी घिसिङ, निजको छोरी बर्ष ३२ की जुनु लामा र हरिवन नगरपालिका-०१ भोकटेनि टोल बस्ने उपेन्द्र साहको छोरा बर्ष २५ को मनोज साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषधहरु सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      सर्लाही, लालबन्दी नगरपालिका-०१ नवलपुर अञ्जली हस्पिटल अगाडी डाबरी स्थितबाट लागूऔषध गाँजा २२.८२० किलोग्राम, म.प्र.०३-००१ ह २४४५ नम्बरको अटो सहित ३ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका-०१ घुर्कौली बस्ने चन्देश्वर साहको छोरा अन्दाजि बर्ष ३० को सुशिल साह, सोही स्थानमा बस्ने बाबुलाल साहको श्रीमती अन्दाजि बर्ष २५ की जगतारण साहसुनिल साहको श्रीमती अन्दाजि बर्ष २५ की राधिका साह रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र अटो सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-०३ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखीने पदार्थ  ७९० मिलिग्राम सहित १ जनालाई आईतबार बिहाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली दुधौली नगरपालिका-११ टाँडी बस्ने अम्बर बहादुर कटुवालको छोरा अन्दाजि वर्ष २९ को ओमराज कटुवाल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-०५

१.      महोत्तरी, लोहारपट्टी नगरपालिका-०६ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने ओकिल कवारीको श्रीमती अन्दाजि बर्ष ४० की अनिसा खातुन बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरमपुर महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । सिरहा, मिर्चैया नगरपालिका-०८ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सौखी रायको छोरा अन्दाजि बर्ष ५२ को नथुनी रायलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-०५

महोत्तरी, सम्सी गाउँपालिका-०-६ सम्सीटोला स्थित साह चिया दरबार अगाडीबाट लागूऔषध गाँजा १५.८८० किलोग्राम, BR 30 U 4425 र BR 33 AC 94 (अगाडीको नं. स्पष्ट नभएको) नम्बरको मोटरसाइकल सहित ३ जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-०७ बस्ने अन्दाजि बर्ष ३२ को मुकेश साह, सम्सी गाउँपालिका-०७ बस्ने अन्दाजि बर्ष १९ को गनित कुमार यादव र औरही नगरपालिका-०३ बस्ने अन्दाजि वर्ष १९ को अंकुश साह रहेका छन् । प्रहरी चौकी सम्सी र अस्थाई प्रहरी पोष्ट महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-०४

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट अभद्र व्यवहार मुद्बाको फरार प्रतिवादी बारा कोल्हबी नगरपालिका-०४ सपही टोल बस्ने कुमार बहादुर बस्नेको छोरा अन्दाजि बर्ष ३० को सबिन बस्नेत र बारा महागढीमाई नगरपालिका-११ मधुरी बस्ने सिहराई राउत अहिरको छोरा अन्दाजि बर्ष ४५ को सुरेन्द्र यादब भन्ने नागिन्द्र यादब समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी जिल्लाका बिभिन्न स्थानबाट बैंकिङ्ग कसुर मुद्बाको फरार प्रतिवादी बर्दिबास नगरपालिका-१४ बस्ने ध्रुव बहादुर हमालको छोरा बर्ष ३८ को केशव हमाल, ठगी मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०४ बस्ने अन्दाजि बर्ष २० को लभ कुमार महतो र मलंगवा नगरपालिका-०८ बस्ने  अन्दाजि  बर्ष ४७ को बुनिलाल राय, लेनदेन बिगो मुद्दाको फरार प्रतिवादी महोत्तरी सोनमा गाउँपालिका-०८ शिवनगर बस्ने अन्दाजि बर्ष ५२ को रामविश्वास यादव, ज्यान मार्ने उद्योग  मुद्दाको फरार प्रतिवादी महोत्तरी बर्दिबास नगरपालिका-१४ जनता ग्यारेज बस्ने रिना भगतको छोरा बर्ष २२ को पप्पु साह सोनार र बैकिङ्ग कसुर  मुद्दाको फरार प्रतिवादी महोत्तरी  जलेश्वर नगरपालिका-०२ बस्ने   कैलाश पासवानको  छोरा अन्दाजि बर्ष ५० को रघु  पासवान समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, बिदेह नगरपालिका-०५ एकराही बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ५५ को सोनम खत्वेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गिद्धा धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अपहरण तथा शरिर बन्धक कसुर मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी जिल्लाका बिभिन्न स्थानबाट कुटपिट मुद्बाको फरार प्रतिवादी बोदेबर्साइन नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ७० को समुझ खंग खत्वे, विष्णुपुर गाउँपालिका-०१ बस्ने धर्मदेव यादब, बहुबिवाह मुद्दाको फरार प्रतिवादी खडक नगरपालिका-०७ बस्ने हजारी पासमानको छोरा अन्दाजि बर्ष ३५ को भुपेन्द्र पासवान र घरेलु हिंसा मुद्दाको फरार प्रतिवादी सप्तरी डाक्नेश्वरी नगरपालिका-०८ प्रवाहा बस्ने रामेश्वर प्रसाद यादाव, अशिना देवी यादव र राम सुन्दर यादव समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-०३

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८६० मिलिग्राम, ना ६५ प २८६१ नम्बरको मोटरसाइकल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१५ बस्ने छोटेलाल साह सोनारको छोरा अन्दाजि बर्ष १९ को सन्नी सराफ र बिरगंज महानगरपालिका-१२ बस्ने लालबाबु साह सोनारको छोरा अन्दाजि बर्ष १९ को साहिल सराफ रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      बारा, सुवर्ण गाउँपालिका-०१ स्थित लालबाबु साहको इट्टा भट्टाको पछाडीबाट वेवारिसे लागूऔषध गाँजा ८९२ ग्राम मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट चरमोहना बाराबाट खटिएको टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सर्लाही, कौडेना गाउँपालिका-०१ लक्ष्मिपुर स्थितबाट वेवारिसे लागूऔषध गाँजा ३०० किलोग्राम मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, लहान नगरपालिका-१० लक्षमीनिया मोड स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम, NITZAHCEN-४ पिस र प्र.०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल सहित २ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-११ सोनी टोल बस्ने अन्दाजि वर्ष २४ को प्रदिप चौधरी र जिल्ला सप्तरी बोदेबरसाईन नगरपालिका-०५ भाती बस्ने अन्दाजि वर्ष २५ को दिगम्बर पण्डित रहेका छन् । प्रहरी चौकी लहान सिरहाबाट खटिएको टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०५-०३

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट चोरी मुद्बाको फरार प्रतिवादी बारा जितपुर सिमरा उप-महानगरपालिका-१६ वस्ने बिनोद घिमिरे को छोरा अन्दाजि वर्ष २७ को लक्षमण घिमिरे, नागरिककता सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी बारा कलैया उप-महानगरपालिका-९ रामपुर बस्ने शेख बोवाजिल मियाको श्रीमती सफिकन खातुन र डाँका मुद्दाको फरार प्रतिवादी बारा पचरौता नगरपालिका-७ वेनौलिटोल वस्ने खेलवान पटेलको छोरा अन्दाजि वर्ष ३५ को प्रमोद पटेल समेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      महोत्तरी, बर्दिबास नगरपालिका-०३ स्थित सर्वश्रेष्ठ होटेलबाट फरार प्रतिवादी बर्दिबास नगरपालिका-१० खयरमारा बस्ने रबिन्द्र कुमार लामाको छोरा बर्ष २९ को सनम लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ् कसुर मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      धनुषा, जनकपुर उप- महानगरपालिका-२० स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि वर्ष ३९ को  श्याम सुन्दर साह सुडीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी अपराधिक विश्वासघात र अनुचित लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सिरहा, सिरहा नगरपालिका-१५ कालिमन्दिर स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६० को शिव शंकर यादवलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्धामा फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।