लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-१०
- A
- A-
- A+
महोत्तरी, सोनमा गाउँपालिका-०१ खखना जाने सडकखण्डबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८१.०३७ ग्राम र बा १८ च ९००३ नम्बरको सेतो कार सहित १ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जगरनाथपुर गाउँपालिका-०६ बहुअरी प्रसौनी बस्ने बर्ष ३९ को अजय प्रसाद यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र कार सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।