अबैध सामान सहित गाडी नियन्त्रणमा ।
२०८३-०५-१०
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका २४ रामगढवाबाट अन्दाजी रु. ७०,००,०००/- (सत्तरी लाख रुपैयाँ) मुल्य बराबरको बिल बिजक भन्दा फरक भएको कपडा र कारको टायर लगायतको सामानहरु सहित ना ३ ख ७६५६ नम्बरको डिब्बा ट्रक मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीको टोलिले उक्त ट्रक रोकी चेकजाँच गर्दा बिल बिजक शंकास्पद भएका सामानहरु फेला पारी उक्त सामानहरु सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।