फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-११
- A
- A-
- A+
१.
सप्तरी, खड्क नगरपालिका-०४ स्थित पन्सेराबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रमेश दास ताँतीको श्रीमती
अन्दाजि बर्ष ४५ कि सरिता देवी ताँतीलाई बुधबार दिउँसो
प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्दा कुटपिट मुद्दामा
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।