लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-११
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-०८ लुम्बिनी होटेलबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.४७०
ग्राम सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला
धादिङ गजुरी गाउँपालिका-०४ बस्ने चन्द्र बहादुर प्रजाको छोरा अन्दाजि बर्ष ३५ को
मछिन्द्र चेपाङ रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी
टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, धनगढीमाई
नगरपालिका-०९ मुसहर्निया स्थितबाट लागूऔषध गाँजा ५४ किलोग्राम र प्रदेश २-०१-००४ प ८३६४ नम्बरको मोटरसाईकल सहित १
जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा औरही गाउँपालिका-०४ कमलपुर बस्ने कृपाल यादवको छोरा अन्दाजि बर्ष २८ को
बिक्रम यादव रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो कार्यालय सिरहाबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
सप्तरी, बलान बिहुल गाउँपालिका-०१ छोटकी मल्हनियाबाट लागूऔषध IPPL- ३ पिस, PHENERGAN-३ पिस ,DIAZEPAM -३ पिस , ALCONOL-PREP PAD-१२ पिस, DISEOCANN-४ पिस र SyRINGE - ४ पिस खुल्ला , भरेको १ पिस र मधेश प्रदेश ०१-००६प २५१९ नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान न.पा. १ बस्ने सिताराम सहनिको छोरा अन्दाजि बर्ष ३५ को संतोष कुमार सहनी रहेका छन् । प्रहरी चौकी मौवाहा सप्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।