फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-२७
- A
- A-
- A+
१.
सर्लाही, गोडैता नगरपालिका-०३ भगवतीपुर स्थितबाट फरार
प्रतिवादी सोही स्थानमा बस्ने किशोरी शाहको छोरा अं.वर्ष ५३ को रन्जित साह तेलीलाई
शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुबनगोठ सर्लाहीबाट खटिएको
प्रहरी टोलिले चेकजाँचको क्रममा बिगो मुद्धाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
महोत्तरी, सोनमा गाउँपालिका-०४ खयरबनी टोलबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने राम प्रबेश महतोको श्रीमती बर्ष अन्दाजि २२ की
पुनकला देबी महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय खयरबनी महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बहु बिवाह मुद्धाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, जनकनन्दनी गाउँपालिका-०४ खजुरी बजारबाट फरार
प्रतिवादी धनुषा कमला नगरपालिका-०७
बस्ने नारायण यादबको छोरा अन्दाजि बर्ष ४० को मुकेश
कुमार यादवलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अभद्र व्यवहार मुद्धाका फरार रहेका
निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
४.
सिरहा, धनगढीमाई नगरपालिका-०६ बाट फरार प्रतिवादी सोही स्थानमा
बस्ने बर्ष ५५ को पाण्डव कुमार मण्डललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा लेनदेन
मुद्धाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।