कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२७
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-१२ चमेली माई मन्दिर स्थितबाट कटुवा पेस्तोल(loded) थान-१, गोली थप १ राउण्ड, BR30 AT 8961नम्बरको मोटरसाईकल सहित १ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य सितामढी जिल्ला सोनबर्षा बस्ने बर्ष अन्दाजि २८ को नबिन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय हरिपुर र प्रहरी चौकी कबिलासी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त कटुवा पेस्तोल र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।