स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२७
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ति चोक स्थितबाट स्रोत नखुलेको भारतिय रु.४,५०,०००।– (चार लाख पचास हजार), BR 06 AT 6445 नम्बरको मोटरसाईकल सहित १ जनालाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला मोतिहारी पलानवा थाना वडा नं. १० बस्ने कासिलाल प्रसादको छोरा अन्दाजि बर्ष ५५ को अशोक कुमार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतिय रु. ५००/- को नोट ८९१ थान, रु. २००/- को नोट १ थान, रु. १००/- को नोट ४३ थान फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।