भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा लिएको
२०८३-०६-२१
- A
- A-
- A+
१. बारा, निजगढ नगरपालिका-१ रतनपुर टोल स्थितबाट सोही स्थान फुटबल ग्राउण्ड नजिकै १ नाल भरुवा लोड बन्दुक प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने मोतिलाल रुम्बाको छोरा अन्दाजी बर्ष ३९ को सम्सेर रुम्बा रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट र अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त भरुवा लोड बन्दुक सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।