लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२२
- A
- A-
- A+
१. सिरहा,नगरपालिका-२१ स्थितबाट
ब्राउन सुगर जस्तो देखिने लिसाईलो(गिलो) पदार्थ प्लाष्टिक सहित तौल गर्दा १५१
ग्राम, १०७ मिलिग्राम र
प्लाष्टिक बाहेक तौल गर्दा १४३ ग्राम ७४० मिलि ग्राम बरामद भई चेकजाँच गर्दा सिरहा
नगरपालिका १४ बस्ने उमेश दासको छोरा अंन्दाजी बर्ष- १९ को सतिस दास र सिरहा
नगरपालिका -१४ बस्ने बस्ने नन्द कुमार मण्डलको छोरा अंन्दाजी बर्ष- ३५ को आईसोत मण्डललाई प्रहरी चौकी
लकडोगोठबाट खटिएको टोलीले २ थान मोबाईल र मोटर साईकल समेत नियन्त्रणमा लिएको छ ।
आवश्यक अनुसन्धान गरि रहेको छ ।
२. सप्तरी,बोदे बर्साईन नगरपालिका
-५ स्थितबाट चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने गिलो लागु औषध प्लासटिक सहित
७६ ग्राम, ८८० मिलिग्राग बरामद
भएकोमा २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाँउ पालिका-५
रामनगर बस्ने मुखालाल यादवको छोरा अंन्दाजी वर्ष-२१ को राकेश यादव र भारत जिल्ला
मधुवनी बिहार ग्राम पञ्चायत बासदेवपुर गाँउ बस्ने अनुबारुल हकको छोरा अंन्दाजी बर्ष-
२६ को ईन्तीयाज आलमलाई लागु औषध ब्युरो कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय
बोदे बर्साईनबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । थप आवश्यक अनुसन्धान
गरिरहेको छ ।