फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२१
- A
- A-
- A+
१. धनुषा, जनकपुर उप-महानगरपालिका-१७ कनकपट्टी स्थितबाट लेन्देन मुद्दाको फरार प्रतिवादीलाई
प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा शहिद
नगरपालिका-४ ननुपट्टी बस्ने अन्दाजी वर्ष ६४ को सुखदेव मण्डल रहेको
छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको
संयुक्त प्रहरी टोलीले निज फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा, गोलबजार नगरपालिका-१३ दुर्गापुर स्थितबाट जवरजस्ती करणी कसुर मुद्दाको फरार
प्रतिवादीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ
गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने राम चलितर साहको छोरा अन्दाजी वर्ष ३३
को दिनेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी
टोलीले निज फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सप्तरी,
राजबिराज नगरपालिका-१ स्थितबाट ठगी मुद्दाको फरार प्रतिवादीलाई
प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने राम
प्रसाद यादवको छोरा वर्ष २४ को
बिजय कुमार यादवले भर्ना छनौट सुरु भएको प्रहरी कार्यालय सहयोगी पदका लागी आवेदन दिन आएका मधेश प्रदेश प्रहरी तालिम
केन्द्र सप्तरीमा निजको सि.आर.एस. चेकजाँज गर्दा मुद्दा दर्ता नं.५९८ रहेको । मधेश प्रदेश प्रहरी तालिम
केन्द्र राजबिराज सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त
प्रहरी टोलीले निज फरार प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।