प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी

२०८३-०६-२२

  • A
  • A-
  • A+
Share


१.     सिरहा,लक्ष्मीपुर पतारी गाँउ पालिका-६ सलखोरी स्थितबाट इन्दर रामको छोरी अंन्दाजी वर्ष- ७ की चन्द्रीका रामलाई ललाई फकाई घारीतर्फ अपहरण गरि लगि स्थानिय मानिसहरुले हल्ला गरेपछी निज बालिकालाई छोडी भागी रहेको प्रतिवादी अंन्दाजी वर्ष ४५ को रुप नारायण यादवलाई प्रहरी चौकी सितापुर र ईलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । थप आवश्यक अनुसन्धान गरि रहेको छ ।

२.     बारा,जीतपुर सिमरा उप-महानगरपालिका - ७ टेडारोड स्थितबाट बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला रसुवागढी गाँउ पालिका -१ घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महा-नगरपालिका – ३२ चोर्नी टोल बस्ने राज सिलवालको छोरा अन्दाजी वर्ष ६५ को राम सिलवाललाई ईलाका प्रहरी जीतपुर बाराबाट खटिएको टोलीले पक्राउ गरेको छ । आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.     धनुषा,जनकनन्दनी गाँउ पालिका-३ स्थितबाट ठगि आपराधिक विश्वाघात मुद्दाको फरार प्रतिवादी अन्दाजी वर्ष ३२ को मुकेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले पक्राउ गरेको छ । थप अनुसन्धान गरिरहेको छ ।

४.     धनुषा, जनकपुर उप-महानगरपालिका -८ स्थितबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी अन्दाजी वर्ष २९ को शत्रुधन साहलाई प्रहरी चौकी बलबाबाट खटिएको टोलीले पक्राउ गरेको छ । आवश्यक अनुसन्धान गरिरहेको छ ।

५.     सिरहा,नगरपालिका – ९ स्थितबाट ठगी सम्बन्धी कसुर मुद्दाको फरार प्रतिवादी अंन्दाजी वर्ष-४७ को सुधिर कुमार महतोलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले पक्राउ गरेको छ । आवश्यक अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-२२

१.     सिरहा,नगरपालिका-२१ स्थितबाट ब्राउन सुगर जस्तो देखिने लिसाईलो(गिलो) पदार्थ प्लाष्टिक सहित तौल गर्दा १५१ ग्राम, १०७ मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा १४३ ग्राम ७४० मिलि ग्राम बरामद भई चेकजाँच गर्दा सिरहा नगरपालिका १४ बस्ने उमेश दासको छोरा अंन्दाजी बर्ष- १९ को सतिस दास र सिरहा नगरपालिका -१४ बस्ने बस्ने नन्द कुमार मण्डलको छोरा अंन्दाजी  बर्ष- ३५ को आईसोत मण्डललाई प्रहरी चौकी लकडोगोठबाट खटिएको टोलीले २ थान मोबाईल र मोटर साईकल समेत नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धान गरि रहेको छ । २.     सप्तरी,बोदे बर्साईन नगरपालिका -५ स्थितबाट चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने गिलो लागु औषध प्लासटिक सहित ७६ ग्राम, ८८० मिलिग्राग बरामद भएकोमा २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बलानबिहुल गाँउ पालिका-५ रामनगर बस्ने मुखालाल यादवको छोरा अंन्दाजी वर्ष-२१ को राकेश यादव र भारत जिल्ला मधुवनी बिहार ग्राम पञ्चायत बासदेवपुर गाँउ बस्ने अनुबारुल हकको छोरा अंन्दाजी बर्ष- २६ को ईन्तीयाज आलमलाई लागु औषध ब्युरो कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२१

१.   धनुषा, जनकपुर उप-महानगरपालिका-१७ कनकपट्टी स्थितबाट लेन्देन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा शहिद नगरपालिका-४ ननुपट्टी बस्ने अन्दाजी वर्ष ६४ को सुखदेव मण्डल रहेको छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वर धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले निज फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.   सिरहा, गोलबजार नगरपालिका-१३ दुर्गापुर स्थितबाट जवरजस्ती करणी कसुर मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने राम चलितर साहको छोरा अन्दाजी वर्ष ३३ को दिनेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले निज फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.        सप्तरी, राजबिराज नगरपालिका-१ स्थितबाट ठगी मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने राम प्रसाद यादवको छोरा वर्ष २४ को बिजय कुमार यादवले भर्ना छनौट सुरु भएको प्रहरी कार्यालय सहयोगी पदका लागी आवेदन दिन आएका मधेश प्रदेश प्रहरी तालिम केन्द्र सप्तरीमा निजको सि.आर.एस. चेकजाँज गर्दा मुद्दा दर्ता नं.५९८ रहेको । मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजबिराज सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले निज फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-२०

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-१४ राष्ट्रिय बरिक्षा बोर्ड अगाडिबाट फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-७ बस्ने अन्दाजी वर्ष ४६ को संजिब कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर सम्बन्धि चालु मुद्दाको फरार निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।२.         सप्तरी, महादेवा गाउँपालिका-३ बथनाहा स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बौकाई सरदारको छोरा गोविन्द सरदारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवा सप्तरीबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै मिति २०८३।०६।१९ गते अं. १५;४५ बजे मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीका जिल्ला अध्यक्ष मो. तैयब अलिको नेतृत्वमा अन्दाजी ५०/६० जना भेला जम्मा भई माथि उल्लेखित प्रतिवादी गोविन्द सरदारलाई रिहाको माग राखी दबाव स्वरुप जिल्ला प्रशासन सप्तरीको मुल गेटमा शान्तपूर्ण बिरोद्ध प्रदर्शन गरेको( कार्यालयको काम सुचारु रहेको ) उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्झाई बुझाई कार्य भइरहेको छ ।