लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-११
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
३७० मिलिग्राम,
ना ४१ प ८६८० नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१३ मुर्ली बस्ने सलाम मियाको छोरा बर्ष अन्दाजि २३ को साहेब अंसारी र नसिम शेषको छोरा बर्ष अन्दाजि २४ को अम्जद हुसेन रहेका
छन् ।
प्रहरी चौकी ईनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र
मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, बागमती
नगरपालिका-०२ च्यानघारी स्थितबाट बेवारिसे लागूऔषध RJT-SCENT-१५२ बोतल र ONEREX-२७ बोतल सहित BR-30A M8274 र BR-30Z 1087 नम्बरको मोटरसाईकल मंगलबार
दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय
हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित
मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
३.
धनुषा, शहिदनगर
नगरपालिका-०१ भगवन टोल स्थितबाट लागूऔषध गाँजा २.४७० किलोग्राम सहित १ जनालाई मंगलबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने रामभगत
मण्डलको श्रीमती बर्ष अन्दाजि ४० की प्रमिला देबी मण्डल रहेका
छिन् ।
इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।