लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१३
- A
- A-
- A+
१.
धनुषा, जनकपुर
उप-महानगरपालिका-०६ दशरथ तलाउ स्थितबाट लागूऔषध Nitravet-३८ पिस सहित १ जनालाई बिहिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका-०३ बस्ने राम
अवतार चमारको छोरा अन्दाजि वर्ष १५ को भुल्ला चमार रहेका
छन् ।
प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सिरहा, सिरहा
नगरपालिका-१३ मल्हनिया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २९२.२२ ग्राम, हुदै BR 324 V 7574 नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य
मधुबनी जिल्ला बेला ग्राम पंचायत बस्ने गर्भु दासको छोरा अन्दाजि बर्ष ३० को
धर्मेन्द्र कुमार दास रहेका छन् । इलाका प्रहरी
कार्यालय माडर सिरहा र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौंबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।