लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१२
- A
- A-
- A+
१.
बारा, प्रसौनी
गाउँपालिका-०६ प्रस्टोका स्थितबाट लागूऔषध गाँजा ८.७०० किलोग्राम सहित २ जनालाई बुधबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने बर्ष ६०
को शम्भु सहनि र प्रसौनि गाउँपालिका-०७ बलुवा टोल बस्ने बर्ष अन्दाजि ४५ को अच्छेलाल
सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी
पोष्ट ईनर्वासिरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, कलैया
उप-महानगरपालिका-२५ सिसहनिया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४५
मिलिग्राम
र ना ३६ प ९७३२
सहित ३
जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका-०७
जोतपुर गम्हरिया बस्ने निपेन्द्र सिंहको छोरा बर्ष २२ को आयुष कुमार सिंह, कलैया उप-महानगरपालिका-०४
कलैयागाउँ बस्ने रामनिवास प्रसाद साहको छोरा बर्ष १८ को सुमित गुप्ता र कलैया उप-महानगरपालिका-०४
पन्नाबाग बस्ने राम बाबु गोसाँईको छोरा बर्ष अन्दाजि २६ को चन्दन गोसाँई रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
बारा, बिश्रामपुर
गाउँपालिका-०४ बलिरामपुर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.५१ ग्राम र ना १२ प ३७१६ सहित २ जनालाई बुधबार
साँझन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर उप-महानगरपाला-०५ बस्ने मनोज
सहनीको छोरा अन्दाजि वर्ष २२ को बिशाल
सहनी र रामाशंकर कुश्वाहाको छोरा अन्दाजि वर्ष २६ को रोशन कुश्वाहा रहेका
छन् ।
प्रहरी चौकी मुसहर्वा बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
४.
सर्लाही, हरिवन
नगरपालिका-११ कडरिया चोक स्थितबाट Tapentadol-७ पिस, MEFTAL spas-७ पिस, ANTIKOF-७ पिस र गाँजा १५
ग्राम, लु
६१ प ५९७८ नम्बरको मोटरसाईकल सहित
१ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा रौतहट
चन्द्रपुर नगरपालिका-०१ बस्ने ज्ञान बहादुर घिसिङको छोरा अन्दाजि वर्ष २३ को पासाङ
घिसिङ रहेका छन् । इलाका प्रहरी
कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५.
सर्लाही, बागमती
नगरपालिका-१२ भरतताल स्थितबाट MEFTAL SPAS -४४ पिस, TAPENTADOL-३८ पिस, ANTIKOF-४४ पिस, BR-05FY 9209 नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार साँझ
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका-०५ किङरिङ टोल
बस्ने शुक्र बहादुर थापा मगरको छोरा बर्ष २२ को राज थापा मगर
रहेका छन् ।
इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६.
महोत्तरी, मटिहानी
नगरपालिका-०८ स्थितबाट लागूऔषध गाँजा १.९ किलोग्राम सहित १ जनालाई बुधबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि
वर्ष ४५ को बिनोद सुडी रहेका छन् । प्रहरी चौकी मटिहानी
महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
७.
धनुषा, सबैला
नगरपालिका-१३ किरतपुर स्थितबाट गाँजा २.७८० किलोग्राम सहित १ जनालाई बुधबार
बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि
बर्ष ४५ की फुलो देवी ठाकुर रहेकी छिन् । इलाका प्रहरी
कार्यालय सबैला धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा
लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
८. सिरहा,
औरही गाउँपालिका-०२ स्थितबाट लागूऔषध गाँजा ८४.५९० किलोग्राम सहित २ जनालाई बुधबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि
बर्ष ५३ को छेदी दास बरियारपटी गाउँपालिका-०३
शिवनगर बस्ने अन्दाजि बर्ष ६५ को शंकर यादव रहेका
छन् ।
प्रहरी चौकी हरकटी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।