फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१३
- A
- A-
- A+
१.
धनुषा, जनकपुर उप-महानगरपालिका-०५ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने
अन्दाजि
बर्ष ६३ को लाल बाबु साहलाई बिहिबार राती प्रहरीले
पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलिले
चेकजाँच गर्दा बैकिङ कसुर तथा ठगि मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, बलान बिहुल गाउँपालिका-०५ रामनगर कोदरकट्टी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष २७ को टिरका भन्ने इन्द्रजित यादवलाई
बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्दाका
फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।