फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१४
- A
- A-
- A+
१.
सर्लाही, लालबन्दी नगरपालिका-१५ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने
मंगललाल
जिम्बाको छोरा अन्दाजि बर्ष ३९ को धन बहादुर जिम्बालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानिपुर सर्लाहीबाट
खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२.
धनुषा, बिदेह नगरपालिका-०१ठाडी टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम पुकार सहनीको छोरा अन्दाजि बर्ष ३४ को
भुल्ला भन्ने सुरेन्द्र सहनीलाई शुक्रबार साँझ प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले
चेकजाँच गर्दा सवारी अंगभंग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।