लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१६
- A
- A-
- A+
१.
पर्सा, बिरगंज
महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ
४०० मिलिग्राम, सहित
१ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-०९
बस्ने तेज नारायण तिवारीको छोरा बर्ष अन्दाजि १९ को प्रिन्स तिवारी रहेका
छन् ।
प्रहरी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको
संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहट, कटहरिया नगरपालिका-०५ कटहरीया बजार स्थितबाट लागूऔषध Nitrazepam-२२० पिस सहित १ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य सितामढी जिल्ला भलुआहा ग्राम बस्ने विनय महतोको छोरा अन्दाजि बर्ष १९ को शिवम महतो रहेका छन् । इलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।