फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१५
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट जबरजस्ती करणी मुद्बाको फरार
प्रतिवादी सिम्रौनगढ नगरपालिका-०५ कनकपुर टोल बस्ने महादेव महतो नुनियाको छोरा
बर्ष ६१ को राम आशिष प्रसाद र अपहरण, शरिर बन्धक
तथा ज.ज.क. कसुर मुद्दाको फरार प्रतिवादी निजगढ नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ६०
को बिरेन्द्र महतो नुनिया समेतलाई शनिबार
प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, लालबन्दी नगरपालिका-१५ चिसापानी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम घलानको छोरा बर्ष अन्दाजि ३४ को दिनेश
घलानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट
परवानिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान मार्ने उद्योग
मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
महोत्तरी, सोनमा गाउँपालिका-०८ सिंहासनी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सिल्टु राय यादवको छोरा बर्ष ३८ को रामजनम राय
यादवलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मगरथाना
महोत्तरीबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।