लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१५
- A
- A-
- A+
१.
सर्लाही, बागमती
नगरपालिका-१२ बागमती बजार स्थितबाट लागूऔषध MEFOR-SPAS PLUS-१० पिस, TAPENTADOL-१० पिस र ANTIKOF-१० पिस सहित
२ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा जिल्ला
बागमती नगरपालिका-०४ रायमाझी चोक बस्ने
रबि परियारको छोरा अन्दाजि बर्ष २१ को श्याम परियार र अन्दाजि बर्ष २३ को राजन
थापा रहेका छन् । इलाका प्रहरी
कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, धनौजी गाउँपालिका-०३कटैया चोक स्थितबाट लागूऔषध Nitravet-६० पिस र On seen Syrup- २ बोतल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-०९ खरियानी टोल बस्ने राजकिशोर गिरीको छोरा अन्दाजि बर्ष २२ को रबि शंकर गिरी रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।