डमी पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८३-०७-१७
- A
- A-
- A+
पर्सा, बिन्दवासिनी गाउँपालिका-०५ प्रसौनीभाठ्ठा स्थितबाट डमी पेस्तोल थान-१, डमी गोली-६ राउण्ड, छुरा थान-३, खुकुरी थान-१ र BR 05AE9931 नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-०२ पिपरा घर भई देश भारत गुजरात बस्ने अन्दाजि बर्ष ३८ को बृजेश कुमार साह र देश भारत पुर्वी चम्पारण बिहार भेलाई ग्राम पञ्चायत -६ बस्ने अन्दाजि बर्ष ३२ को प्रदिप कुमार रहेका छन् । सशस्त्र प्रहरी बल बि.ओ.पी. प्रसौनीभाठा र प्रहरी चौकी प्रसौनीभाठा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त डमी पेस्तोल र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।