लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ७९० मिलिग्राम, सहित
१ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-०२ छपकैया
बस्ने सिकिन्दर यादवको छोरा बर्ष अन्दाजि १९ को सुजित यादव रहेका
छन् ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।
२. धनुषा,
नगराईन नगरपालिका-०२ राघोपुर स्थितबाट बेवारिसे लागूऔषध २३९.८६ किलोग्राम
सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल बि.ओ.पी.
डेवडिया धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई राखिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।