फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१७
- A
- A-
- A+
१.
सप्तरी, शम्भुनाथ नगरपालिका-०१ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने
रामअशिष
यादवको छोरा अन्दाजी बर्ष ३० को तेजनारायण यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुपनी,
सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध र
सवारी अंगभंग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, जितपुर सिमरा उप-महानगरपालिका-०८ शिवशक्ती घिउँ कम्पनी स्थितबाट फरार प्रतिवादी सोही स्थान बस्ने रघुविर राउत कुर्मिको छोरा अन्दाजि वर्ष ५४ को
सम्भु राउत कुर्मीलाई
सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय जितपुर, बाराबाट खटिएको प्रहरी टोलिले
चेकजाँच गर्दा अनुचित लेनदेन मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।