स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८३-०७-१७
- A
- A-
- A+
रौतहट, बौधीमाई नगरपालिका-०७ बंकुल नरकटिया सडकखण्ड स्थितबाट स्रोत नखुलेको रकम रु.१०,००,०००/-(दश लाख), BR05AF3787 नम्बरको मोटरसाईकल सहित १ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत राज्य बिहार जिल्ला मोतिहारी ग्राम घोडसन बस्ने अन्दाजि बर्ष ३३ को टुना दास रहेका छन् । प्रहरी चौकी बंकुल रौतहटबाट खटिएको प्रहरी चेकिङ् टोलिले बाराबाट रौतहट तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।