लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१८
- A
- A-
- A+
पर्सा, जगरनाथपुर गाउँपालिका-०४ मोर टोल स्थितबाट लागूऔषध गाँजा ४४ ग्राम र चरेश ३८ ग्राम सहित १ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने किताब मियाको छोरा अन्दाजि बर्ष ५६ को सतार मिया रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।