फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०७-१९
- A
- A-
- A+
१.
पर्सा बिरगंज महानगरपालिका-१६ बसपार्क स्थितबाट फरार प्रतिवादी सर्लाही हरिपुर नगरपालिका-०५
बस्ने अन्दाजि बर्ष ४७ को बिल्टु चौधरीलाई
बुधबार साझँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट
खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाको फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही
जिल्लाका बिभिन्न स्थानबाट ज्यान सम्बन्धि मुद्बाको फरार
प्रतिवादी ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने उपेन्द्र बहादुर खड्काको छोरा अन्दाजि
वर्ष ५९ को रामचन्द्र खड्का भन्ने नेत्र बहादुर खड्का र ज.ज.क.उ. मुद्दाको फरार
प्रतिवादी हरिवन नगरपालिका-०१ केरावारी बस्ने तिर्थ बहादुर
हायुको छोरा अन्दाजि वर्ष २५ को कृष्णा बहादुर हायु समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
३.
महोत्तरी, बर्दिबास नगरपालिका-०१ बिशाल
ईन्टरलक ब्लक उद्योग स्थितबाट फरार प्रतिवादी मोहोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने रामचन्द्र महतोको छोरा बर्ष ४४ को
बिरेन्द्र महतोलाई
बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन
मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने
कारी
यादव भन्ने रविन्द्र यादवको छोरा अन्दाजि वर्ष २६ को मिथलेश यादवलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठी सप्तरीबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।