प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण सम्बन्धी

२०८३-०७-१९

  • A
  • A-
  • A+
Share


१.      रौतहट, ईशनाथ नगरपालिका-०४ महुलिया काली मन्दिर स्थितबाट स्रोत नखुलेको रकम रु.४४,६४,६०५/-(चौवालिस लाख चौसठी हजार छ सय पाँच), म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाईकल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला वडा पुर्वि चंपारन ग्राम फुलबरिया नं. १३ बस्ने मोहन प्रसाद चौधरीको छोरा अं. वर्ष ३० को सनी कुमार जैसवाल र रौतहट गौर नगरपालिका-०१ स्थित रहेको न्यु तराई ट्रेडर्सका संचालक अन्दाजि बर्ष ५१ शेख कमरुल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको उक्त मोटरसाईकलमाथी शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त रकम फेला पारी रकम र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०७-१९

१.      पर्सा बिरगंज महानगरपालिका-१६ बसपार्क स्थितबाट फरार प्रतिवादी सर्लाही हरिपुर नगरपालिका-०५ बस्ने अन्दाजि बर्ष ४७ को बिल्टु चौधरीलाई  बुधबार साझँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही जिल्लाका बिभिन्न स्थानबाट ज्यान सम्बन्धि मुद्बाको फरार प्रतिवादी ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने उपेन्द्र बहादुर खड्काको छोरा अन्दाजि वर्ष ५९ को रामचन्द्र खड्का भन्ने नेत्र बहादुर खड्का र ज.ज.क.उ. मुद्दाको फरार प्रतिवादी हरिवन नगरपालिका-०१ केरावारी बस्ने तिर्थ बहादुर हायुको छोरा अन्दाजि वर्ष २५ को कृष्णा बहादुर हायु समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।३.      महोत्तरी, बर्दिबास नगरपालिका-०१ बिशाल ईन्टरलक ब्लक उद्योग स्थितबाट फरार प्रतिवादी मोहोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने रामचन्द्र महतोको छोरा बर्ष ४४ को बिरेन्द्र महतोलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लेनदेन मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने कारी यादव भन्ने रविन्द्र यादवको छोरा अन्दाजि वर्ष २६ को मिथलेश यादवलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठी सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ठगी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१७

१.      सप्तरी, शम्भुनाथ नगरपालिका-०१ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रामअशिष यादवको छोरा अन्दाजी बर्ष ३० को तेजनारायण यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुपनी, सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध र सवारी अंगभंग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, जितपुर सिमरा उप-महानगरपालिका-०८ शिवशक्ती घिउँ कम्पनी स्थितबाट फरार प्रतिवादी सोही स्थान बस्ने रघुविर राउत कुर्मिको छोरा अन्दाजि वर्ष ५४ को सम्भु राउत कुर्मीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अनुचित लेनदेन मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डमी पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८३-०७-१७

पर्सा, बिन्दवासिनी गाउँपालिका-०५ प्रसौनीभाठ्ठा स्थितबाट डमी पेस्तोल थान-१, डमी गोली-६ राउण्ड, छुरा थान-३, खुकुरी थान-१ र BR 05AE9931 नम्बरको मोटरसाईकल सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-०२ पिपरा घर भई देश भारत गुजरात बस्ने अन्दाजि बर्ष ३८ को बृजेश कुमार साह र देश भारत पुर्वी चम्पारण बिहार भेलाई ग्राम पञ्चायत -६ बस्ने अन्दाजि बर्ष ३२ को प्रदिप कुमार रहेका छन् । सशस्त्र प्रहरी बल बि.ओ.पी. प्रसौनीभाठा र प्रहरी चौकी प्रसौनीभाठा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त डमी पेस्तोल र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।