प्रहरी कार्यालय
सिरहा, बरियारपट्टि गाउँपालिका १ बडहरी स्थितबाट कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला सप्तरी खडकपुर नगरपालिका १ घर भई देश भारत जिल्ला मधुवनि पिप्राहि ग्रामपञ्चायत पिप्राहि बजारमा बस्दै आएको मो. मसतकिमको छोरा बर्ष अन्दाजी ५२ को मो. इसा मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572 र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
पर्सा, विरगंज महानगरपालिका वडा नम्बर-२५ चण्डाल चोक स्थितमा प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पोखरियाबाट वीरगंज तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ ज.०२८७ नम्बरको म्याजिक गाडीमा भन्सार छली गरी लुकाई छिपाई ल्याउँदै गरेको अन्दाजी रू. ५,५८,४४० ( पाँच लाख अन्ठाउन हजार चार सय चालिस ) बराबरको औषधी सहित म्याजिक चालक जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर-१ राजिन्द्र साहको छोरा अन्दाजी वर्ष ३० को उपेन्द्र साह नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला, सिरहा बरियारपट्टि गाउपालिका-१ बडहरी स्थित प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको टोलिले ज्यान मुद्दाको फरार प्रतिवादि जिल्ला सप्तरी खडकपुर नगरपालिका १ घर भई देश भारत जिल्ला मधुवनि पिप्राहि ग्रामपञ्चायत पिप्राहि बजारमा बस्दै आएको मो. मसतकिमको छोरा बर्ष अन्दाजी ५२ को मो. इसा मियाँलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-३ जम्दह (नमुना बस्ती) स्थितमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ति टोलीले जमदहबाट गोलबजार तर्फ जाँदै गरेको पैदल यात्रीलाई देखी शंकाको आधारमा चेकजाँच गर्दा जिल्ला सिरहा गोलबजार नगरपालिका-६ बस्ने दिलिप नायकको छोरा अन्दाजी वर्ष २० को जय कुमार नायक र मिर्चैया-७ बस्ने राम किशोर मण्डलको छोरा अन्दाजी बर्ष- २७ को रंजित कुमार मण्डलको साथबाट खैरो हिरोईन जस्तो देखिने लागु औषध ६० मिलि ग्राम सहित निज दुई जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।
सिरहा, गोलबजार नगरपालिका १ गागन खोलाको झोलुङे पुल स्थितबाट लागु औषध गाँजा २ किलो ग्राम सहित मुक्सार टोल बस्ने शिवजी साहको छोरा बर्ष २७ को मुनिन्द्र साहलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरी टोलीले गोलामुक्सारबाट मुक्सार गाँउ तर्फ आउँदै गरेको स. ५ प. ८६८४ नम्वरको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्दा निजलाई उक्त परिमाण बराबरको लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, आदर्शकोतवाल गा.पा.४ हर्नैहिया चोक स्थितमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भनि स्थानियले जानकारी गराउन साथ आईतवार साँझ इलाका प्रहरी कार्यालय बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा दुवै क्यारेटमा रहेको आँप मुनि १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय पिस) लागु औषध ईन्जेक्सन बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका १ स्थित मुसहरनिया चोकमा आईतवार बिहान प्रहरी चौकी मुखियापट्टीबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग, अंगभंग, डाँका तथा अपराधिक गतिविधी सम्बन्धी कसुर चालु मुद्दाका फरार प्रतिवादी जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बस्ने आशनारायण यादवको छोरा वर्ष ३२ को शंकर यादवलाई BR30AN6631 नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, औरही गाउँपालिका ५ मलाह टोल स्थितमा शुक्रबार बेलुका गाडीबाट लागु औषध गाँजा झार्दै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्ना साथ उक्त गाडीमा लोड गरेको लागु औषध गाँजा ७ पोका (२ क्विन्टल १२ केजी ९२५ ग्राम प्लाष्टिक सहित) फाली गाडी फरार भएकोमा पछ्याउने क्रममा सोही स्थान बस्ने रामपृत मलाहको छोरा अन्दाजी बर्ष २२।२३ को राम उदगार मलाह र सोहि स्थानमा रहेको प्र २-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको र फरार भएको गाडीको खोजतलास कार्य भइरहेको छ ।
सिरहा, सिरहा नगरपालिका १५ ईंट्टा भट्टा स्थितबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलि ग्राम (प्लाष्टिक सहित) सहित गोलबजार नगरपालिका ११ बस्ने बेचन साहको छोरा वर्ष २७ को शषि कुमार साहलाई शनिवास दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले निजलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्दा निजको साथबाट उक्त परिमाण बराबरको लागू औषध फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, विदेह नगरपालिका ९ वैदेही स्थितबाट स्रोत नखुलेको ने.रू.७,००,०००/- (सात लाख रुपैयाँ) सहित देश भारत जिल्ला मधुवनी ग्राम खौना पोष्ट खौना वडा नं. ४ बस्ने वर्ष ३२ को मिथलेश कुमार कारकलाई शनिवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इटहर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR32AD 9096 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा उक्त रकम फेला परेकोले रकम सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, लहान नगरपालिका १ एन.सेल टावर नजिक भित्री सडक खण्डबाट DIAZEPAM-2ml समेत लेखिएको २० एम्पुल, BUPRENORPHINE-2ml लेखिएको २० एम्पुल र PHENERGAN-2 ml समेत लेखिएको २० एम्पुल गरी जम्मा ६० एम्पुल सहित सोही स्थान बस्ने श्यामलाल दासको छोरा वर्ष ३० को बोना भन्ने राम बाबु दास र झुङरा सुडीको छोरा बर्ष ३१ को राम उदगार पुर्वेलाई बिहीबार बलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लु ७३ प ५३८ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त परिमाण बराबरको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहट, रौतहट गुजरा नगरपालिका ९ स्थितबाट ९ किलो ९०० ग्राम लागु औषध गाजाँ बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिमराभवानिपुरबाट खटिएको प्रहरी टोलीले टोलीले गस्ती गर्ने क्रममा रगपुरबाट बनबहुअरी तर्फ जाँदै गरेको ना ४३ प ९८२३ नम्बरको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्न खोज्दा सिमराभवानिपुर स्थित नहरमा मोटरसाइकल आफै अनियन्त्रित भई नालामा खसेकोमा मोटरसाइकलबाट उक्त परिमाण बराबरको लागु औषध गाजाँ बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, ला.औ.(गाँजा) मुद्दामा रु. २,०००/- ( दुई हजार रुपैयाँ) जरिवाना र ६ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी निजगढ न.पा.१३ बस्ने हर्क बहादुर पाख्रिन को छोरा वर्ष ६९ को मान बहादुर पाख्रिनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको प्रहरी टोलीले निजलाई गाउँघरबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका-९ खोरिया टोल स्थितबाट लागु औषध COCAS DX COUGH SYRUP ( Dextromethorphan hyd rob romide & chlopheniramine maleate Syrup )100 ml को ५० (पचास) बोतल र गाँजा जस्तो देखिने कागजको २१ पुरिया १९० ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थान बस्ने अन्दाजी बर्ष ६० को गेनालाल महतोको घरमा प्रतिबन्धित लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट प्रहरी टोली खटि गई खानतलासी गँहुको भुसा भित्र जुटको बोरामा लुकाई छिपाई राखेको प्रतिबन्धीत लागु औषध COCAS DX COUGH SYRUP ( Dextromethorphan hyd rob romide & chlopheniramine maleate Syrup ) र गाँजा जस्तो देखिने कागजको २१ पुरिया फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, मलंगवा नगरपालिका-८ स्थितबाट लागु औषध Nitrazetam Tablets (10 MG ) ट्याब्लेट थान-१७ र Wockhardi Tablets ट्याब्लेट थान-९ सहित मोटरसाईकल चालक सर्लाही लालबन्दी नगरपालिका-८ बस्ने बर्ष अन्दाजी २७ को बिवेक चौलागाई र पछाडी सवार जिल्ला सर्लाही लालबन्दी नगरपालिका- ८ बस्ने बर्ष अन्दाजी २६ को लक्ष्मण बम्जनलाई बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.६६प. १५७५ न. को मोटरसाईकलमा सवार मानिसहरुसँग लागु औषध बरामद गरी मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।
सप्तरी, राजगढ गाउँपालिका- ४ स्थितबाट चोरी मुद्दामा फरार प्रतिवादी सोही स्थान बस्ने गणेश कुमार मण्डलको छोरा अन्दाजी वर्ष २७ को रमेश कुमार मण्डललाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली खोजतलास गर्ने क्रममा निजको घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, कलैया उप-महानगरपालिका-५ भरत चौक स्थित मटिअर्वा जाने सडक खण्डमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बाटोको छेउमा आँप राख्ने क्यारेटमा आँप सहित लुकाई छिपाई राखेको लागु औषध नोरफिन - १५०० पिस, फेनारगन - १५०० पिस र डाईजोपाम -१५०० पिस सहित जितपुरसिमरा उपमहानगरपालिका- ७ बस्ने नेहाल अंसारीको छोरा अन्दाजी वर्ष २० को सेराज अंसारीलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ । चेक जाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाण बराबरको लागु औषध, ना.२१ प.१५९१ नम्बरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, जितपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज स्थित जिल्ला प्रहरी कार्यालय बारा अगाडीको चेक प्वाईन्टमा खटिएको प्रहरी चेकिङ टोलिले मंगलबार दिउँसो बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा रहेका अबैध भन्सार छलीका बिल बिजक भन्दा फरक र बिभिन्न सामानहरुको भन्सार नभएको खुद्रा सामानहरु अन्दाजी मुल्य रु.१,२५,२४,०१०/- (एक करोड पच्चिस लाख चौबिस हजार दश रुपैयाँ) बराबरको सामान सहित उक्त डिब्बा ट्रकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तेल नियन्त्रणमा लिएकोबारा, जितपुरसिमरा उपमहानगरपालिका २२ हलेसी पेट्रोल पम्प नजिक सोही बस्ने बस्ने विष्णुराज ठकुरीको जग्गामा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ बासघारी बस्ने अन्दाजी बर्ष २२ को सरन बलले संचालन गरेको गाडि वास ग्यारेज पछाडि खालि ठाँउमा तेल ट्याङ्करबाट तेल चोरी गरि बेचबिखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा आईतवार साँझ इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले ना. १ क. २८३६ नम्बरको मिनी ट्रकमा चालक जितपुरसिमरा उपमहानगरपालिका १२ फत्तेपुर बस्ने विजय चौधरीको छोरा अन्दाजी बर्ष २१ को सुवास चौधरीले निम्न परिमाणको तेल उक्त ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी निम्न प्रकारको तेलहरु जम्मा अन्दाजी ७,९९५ (सात हजार नौ सय पन्चानब्बे) लिटर र उक्त मिनि ट्रक सहित ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।निम्न:१) १००० लिटरको ६ वटा ड्रम मध्ये ५ वटा ड्रममा ५००० लिटर र ५३ वटा १५ लिटरको ग्यालेनमा ७९५ लिटरगरि जम्मा ५,७९५ (पाँच हजार सात सय पन्चानब्बे) लिटरबनस्पति जन्य जस्तो देखिने अखाध्य पदार्थ १ वटा खाली ड्रम ।२) २०० लिटरको ५ वटा ड्रममा १००० (एक हजार) लिटर पेट्रोल ।३) २०० लिटरको ३ वटा ड्रममा ६०० (छ सय) लिटर डिजल ।४) २०० लिटरको २ वटा ड्रममा २०० लिटर र १ वटा ड्रममा १०० लिटर र २० लिटरको १५ वटा ग्यालेनमा ३०० लिटर गरि जम्मा ६०० (छ सय) लिटर मट्टितेल । १) बनस्पति जन्य तेल जस्तो देखिने अखाध्य पदार्थ ५७९५ लि. मूल्य रु. ६,३७,४५०।– २) १००० लि. पेट्रोल मूल्य रु. १,६२,०००।- र डिजल ६०० लि. मूल्य रु. ८७,६००।- गरि जम्मा अन्दाजी मुल्य रु. ९,७४,६५०।- (नौ लाख चौहत्तर हजार छ सय पचास रुपैयाँ) बराबरको रहेको खुलेको ।
सप्तरी, बलानविहुल गाउँपालिका २ बलान पुलबाट अन्दाजी ३०० मिटर दक्षिण खोला छेउबाट लागु औषध DIAZEPAM INJECTION -८६ पिस, PHENERGAN INJECTION -८६ पिस र Buprenorphine INJECTION -८८ पिस सहित जिल्ला उदयपुर त्रियुगा नगरपालिका ११ बस्ने वर्ष २५ को लक्षम्ण मलाह र त्रियुगा नगरपालिका १३ बस्ने वर्ष २४ को राजेश निरौलालाई आईतवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, परवानिपुर गाउँपालिका-४ चैनपुर स्थितबाट खटिएको प्रहरी टोलीले कुटपिट मुद्धाको सोही स्थान बस्ने अन्दाजी वर्ष ५५ की शान्ती देवि, अन्दाजी वर्ष २५ को बिकेश शाह कानु र अन्दाजी वर्ष २२ कि सपना कुमारी प्रतिवादीहरूलाई निजहरुकै घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सिरहा, लहान नगरपालिका-११ पडरीया टोल स्थित मिथलेश कुमार चौधरीको घरमा लागू औषधको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थान बस्ने वर्ष २८ को मिथलेश कुमार चौधरी र वर्ष २४ को राज नन्दन चौधरीलाई तलासी लिदाँ मिथलेश कुमार चौधरीको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १०९ ग्राम, नगद रु.२,८४,७१०।-, भारतिय रु.१,२५०।- तथा सुन जस्तो देखिने तिलहरी थान-१, नेकलेश थान-१ समेत फेला परेको र राज नन्दन चौधरीको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ९.६१ ग्राम, नगद रु.२,१००।- मोवाईल थान-१, डिजिटल तराजु थान-१ र कैँची थान-१ समेत बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
१. सिरहा, लहान नगरपालिका-३ बजार स्थित इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले लागु औषध मुद्दाका फरार प्रतिबादी लहान नगरपालिका-३ बस्ने भरत साहको छोरा अन्दाजी बर्ष ५० को रामाकान्त साहलाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, लहान नगरपालिका-४ बजार स्थित प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलिले अमानवीय व्यवहार मुद्दाका फरार प्रतिबादि सोही स्थान बस्ने मोहमद जाकिर हुसेन मियाको छोरा बर्ष २४ को जुबेर मियालाई आफ्नै घरमा लिकुछिपि बसिरहेको अबस्थामा निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गरिरहेको छ । ३. जिल्ला सिरहा कल्याणपुर नगरपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कुटपिट मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने बर्ष ५३ को रामशरण यादवलाई खोजतलास गर्दै जाने क्रममा निज आफ्नै खेत बारीमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । ४. सिराहा, संखुवान्नकारकट्टी गाँउपालिका-१ धुवनी स्थितमा प्रहरी चौकी सितापुर सिराहाबाट खटिएको प्रहरी टोलीले अमानब्य ब्यबहार मुद्धाको फरार प्रतिबादी सोही स्थान बस्ने रामकुमार दासको छोरा बर्ष ३० को जित नारायण दास आफ्नै घर नजीक लुकी छिपी बसिरहेको अवस्थामा निज जित नारायण दास लाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । ५. सप्तरी, राजगढ गाँउपालिका-१ स्थित ज्यान सम्बन्धि कसुर मुद्दामा जन्म कैद तोकिएको फरार प्रतिवादी सोहि स्थान बस्ने शिव नारायण यादवले आफै सम्मानित उच्च अदालत जनकपुर राजबिराज इजलास सप्तरीमा हाजिर हुन आएको हुदा निजलाई कैद भुक्तानको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिलाई जिम्मा लगाई जिल्ला कारागार सप्तरी पठाएको छ ।
सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी ८ किलो ५०० ग्राम र BR 05 AS 9680 नम्बरको मोटरसाईक सहित देश भारत जिल्ला सितामढी ग्राम नरहा बस्ने राम बिध्या रायको छोरा अन्दाजी बर्ष २१ को रंजेश कुमारलाई बुधबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको मोटरसाईकललाई चेक जाँच गर्दा लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बिरगंज महानग पालिका वडा नं.१६ नगवा फुलबारी टोल स्थितबाट लागु औषध गाँजा २४ किलो ५८६ ग्राम र गाँजाको डाँठ २ किलो ६४२ ग्राम बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही स्थान बस्ने महमद मिँयाको घर नजिकको खालि जग्गामा अवैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ सशस्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बिरगंज पर्सा, ईलाका प्रहरी कार्यालय नगवा र वडा प्रहरी कार्यालय बिर्ताबाट सयुक्त टोलि खटि गई खोजतलास गरी बेवारिसे अवस्था सडकको छेउ खालि जग्गामा पलाष्टिकमा बेरेर राखेको अवैध लागु औषध गाँजा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सिरहा, बरियारपट्टी गाउँपालिका-५ झिझोल टोल स्थितबाट कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी सोही स्थान बस्ने महाबिर रायको छोरा अन्दाजी बर्ष ५० को राम नारायण रायलाई मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजको गाँउ वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, कर्जन्हा नगरपालिका-१ स्थितबाट बन मुद्धामा फरार प्रतिवादी सोही स्थान बस्ने जय प्रकाश पासमानलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. धनुषा, जनकनन्दनी गाउँपालिका-१ कमला बाध स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५६ ग्राम सहित सिरहा कल्यानपुर नगरपालिका-४ मौहुलिया बस्ने जय कुमार ठाकुरको छोरा अन्दाजी बर्ष १९ को कृष्ण ठाकुरलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको कृष्ण ठाकुरलाई संकास्पद लागी निजलाई चेकजाँच गर्दा निजले लगाएको पेन्टको बायाँ साइडको पकेटमा सेतो पलास्टिकमा राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, मिर्चैया नगरपालिका-५ स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० मिलीग्राम सहित सर्लाही चक्रघटा नगरपालिका-७ बस्ने मो.हासिब राइनको छोरा अन्दाजी बर्ष २२ को साबिर राइनलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलाई Times स्कुल नजिक बसिरहेको अवस्थामा साबिर राइन माथि शंका लागी चेक-जाँच गर्दा निजले लगाएको पाईन्टको गोजिमा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी निजलाई निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. बारा, परवानिपुर गाउँपालिका-५ बहुअरी स्थितबाट लागु औषध गाँजा २१२ किलो ग्राम सहित पिकप चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने शम्भु कार्कीको छोरा अन्दाजी बर्ष २८ को रबि कार्की, वडा नम्बर-१२ टिसटुङ बस्ने अन्दाजी बर्ष ४६ को बिर बहादुर गोले, हेटौंडा उप-महानगरपलिका-१४ उतरपानी बस्ने अन्दाजी बर्ष २३ को साजन मुक्तान र जिल्ला धादिङ थाक्रे गाउँपालिका-७ आपसी चौक बस्ने अन्दाजी बर्ष ३१ को महेश तमाङलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना को अधारमा जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलिले हेटौंडाबाट बाराको गण्डक तर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकप गाडिलाई रोकी चेक जाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको, लागु औषध गाँजा फेला पारी गाडी सहित निज ४ चारै जनालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२. सर्लाही, बागमती नगरपालिका-३ धरहरा टोल स्थितबाट लागु औषध गाँजा ४ किलो ५५९ ग्राम सहित सोही स्थान बस्ने भिम बहादुर वाइवाको श्रीमती अन्दाजी बर्ष ६० की सेती मायालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा लागु औषध गाँजा विक्रि वितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलीले सेती मायाको घर तलासी गर्दा लागु औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. धनुषा जनकनन्दनी गाउँपालिका- १ कमला बाध स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा कल्यानपुर नगरपालिका- ४ मौहुलिया बस्ने जय कुमार ठाकुरको छोरा अन्दाजी बर्ष १९ को कृष्ण ठाकुरलाई चेकजाँच गर्दा पकेटमा सेतो पलास्टिकमा राखिएको लागु औषध (खैरो हिरोइन) जस्तो देखिने अन्दाजी ५५ ग्राम फेला परेकोमा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । ४. सिरहा, कल्याणपुर नगरपालिका-१२ बेल्हा कमला बाँध स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४० मिलिग्राम सहित मोटरसाईकल चालक सोही स्थान बस्ने भुवन कामतीको छोरा अन्दाजी वर्ष २० को दिपक कामती र मोटरसाईकल पछाडि सवार वडा नम्बर-८ बडकी टोल बस्ने धामी कामतीको छोरा अन्दाजी वर्ष २४ को रमेश कामतीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोलीले माडरबाट कल्याणपुर तर्फ जाँदै गरेको स ६ प ४९३१ नम्बरको मोटरसाईकल सवार दुवै जना माथि शंका लागि चेक जाँच गर्दा मोटसाईकलमा पछाडी सवार रमेश कामतीको हाफ पाइन्टको पछाडिको गोजीमा साना-साना दुइ वटा प्लाष्टिकको पोकामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई नियन्त्रण लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।५. सिरहा, कर्जन्हा नगरपालिका-३ बन्दिपुर बिश्वकर्मा मन्दिर स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ (एक) ग्राम सहित सहित मोटरसाईकल चालक जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहा बस्ने राम हिर्दय पासवानको छोरा अन्दाजी बर्ष १९ को बिष्णु पासवानलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरी टोलीले बन्दिपुर बिश्वकर्मा मन्दिर स्थितमा बा.प्र.०२-०३९प ९४२१ नम्बर को मोटरसाईकल रोकि बसिरहेको अवस्थामा शंका लागि चेक जाँच गर्दा मोटरसाईकल चालक बिष्णु पासवानलाई लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।६. सप्तरी, बोदेबर्सईन नगरपालिका-५ सत्रुध्न चोक स्थितबाट लागु औषध ONEREX नामक (100 ML)को ७३ पिस सहित सप्तरी तिलाठी कोईलाडि गाउँपालिका-५ बस्ने श्री राम प्रसाद साहको छोरा अन्दाजी बर्ष २० को माया नन्द साहलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध कालो झोलामा लाँदै गरेको भन्ने बिषेश सूचनाको अधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएक प्रहरी टोलीले खडकेश्वरी बस काउन्टरबाट काठमाण्डौँ जान लागेको यात्रु माया नन्द साहलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-६ लामा टोल स्थितबाट लागु औषध नाईट्रोभेट-१० ट्याब्लेट २ पत्तामा २२ पिस ट्याब्लेट सहित सोही स्थान बस्ने उदय नारायण साहको छोरा अन्दाजी वर्ष २४ को राजन कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लामा टोल भित्री सडक खण्डमा सवारी दुर्घट्ना भएको छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली खटिगई बुझ्दा गोलबजारबाट पानीटंकी तर्फ जाँदै गरेको बा.३२ प. ४३५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा चालक सकुसल रहेको र शंका लागि निजको शरीरको खानतलासी गर्दा निजले लगाएको ट्र्याक पाईन्टको बायाँ खल्तीमा लागु औषध नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारी निजलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, सिरहा नगरपालिका-१७ स्थितबाट लागु औषध मुद्दामा १ महिना ११ दिन कैद तोकिएको फरार प्रतिवादी सोही स्थान बस्ने मुनिलाल यादवको छोरा अन्दाजी वर्ष २५ को भुनेश भन्ने गुनेश यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई गाउँ घर वतनबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ स्थितबाट किर्ते जालसाजी मुद्दामा १ महिना कैद र रू.१०,०००/-जरिवाना भएको फरार प्रतिवादी ऐ.ऐ.बस्ने अन्दाजी बर्ष ५० को अनवर अंसारीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ऐ.ऐ.६ पावरहाउस चौक बाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. पर्सा, बिरगंज महानगरपालिका-२१ परवानिपुर चौक स्थितबाट लागु औषध चरेश ३१९ किलो ग्राम सहित जिल्ला मकवानपुर थाह नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचना आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाण्डौबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई खोजतलास गर्ने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ ट्रक तथा चालकको कानूनी रित पुर्याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोका फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१,९२,०००।– ( एक लाख बयानब्बे हजार ) समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. रौतहट, गौर नगरपालिका-१ भन्सार कार्यालय स्थितबाट लागु औषध Noophin, Cerejack, Phenargan) ५०/५० एम्पुल गरी १५० एम्पुल सहित जिल्ला स्याङ्जा हरिबाश गाउँपालिका-४ बस्ने अन्दाजी बर्ष ३१ को निल कुमार थापा मगरलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार सुरक्षा गार्ड रौतहट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको निल कुमार थापा मगर माथि शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३. बारा, जितपुर-सिमरा उप-महानगरपालिका-१७ रामनगर चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी २० किलो ग्राम बिहिबार दिउँसो प्रहरीले नियन्त्रमा लिएको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले रामनगर बाट मधुवन तर्फ जादै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर मोटरसाईकल रोक्न खोज्दा नरोकि भागेकोमा उक्त मोटरसाईकललाई लखेट्दै जादाँ मोटरसाईकल चालक र पछाडि सवार दुवै जना मोटरसाईकल र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडि फरार भएको र उक्त पहेलो बोरा चेकजाँच गर्दा लागु औषध फेला पारी नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, वरियारपट्टी गाउँपालिका-३ शिवनगर स्थितबाट बहुविवाह मुद्धामा १ बर्ष ११ महिना २ दिन कैद र रु.१५,०००।– जरिवाना तोकिएको फरार प्रतिबादी वरियारपट्टी गाउँपालिका -३ बस्ने रामचन्द्र ठाकुरको श्रीमती अन्दाजी वर्ष-२६ की रबिना ठाकुरलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले निज महिलालाई गाउँबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-४ स्थितबाट लागु औषध Nitrazepam Tablets ASPAM10- १२०० चक्की सहित अटोमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-२४ बस्ने जित बहादुर बि.क.को छोरा अन्दाजी वर्ष १८ को अनिस बि.क. र धन बहादुर परियारको छोरा अन्दाजी वर्ष १८ को सन्देश परियारलाई मंगबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले भारतको सोनवर्षाबाट भेल्ही तर्फ जाँदै गरेको अटो चालक चन्द्रनगर गाउँपालिका-४ बस्ने अन्दाजी वर्ष २५ को शम्भु साहले चलाएको म. प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार मानिसलाई चेकजाँच गर्दा लागु औषध फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रौतहट, गौर नगरपालिका-३ वि.पि.चौक स्थितबाट लागु औषध फेनारगन-११० पिस, डाईजापाम-४७ पिस, बुप्रेनुफिन-११० पिस र कोरलेक्स-६३ पिस सहित ई-रिक्सा चालक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने हर्क बहादुर बि.क.को छोरा अन्दाजी बर्ष २७ को अजय बि.क.लाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई-रिक्सालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।
सिरहा, लहान नगरपालिका वडा नं. २ मटिअर्वा टोल स्थितबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम सहित सोही स्थान बस्ने रामदत्त यादवको छोरा अन्दाजी बर्ष २३ को बिवेक यादव, वडा नं. ०१ बस्ने कुशेश्वर साह सुडीको छोरा बर्ष ३० को सुरेश कुमार साह सुडी र वडा नं. ०२ बस्ने बिन्दिलाल बिश्वकर्माको छोरा बर्ष अं. २७ को राज कुमार बिश्वकर्मालाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागू औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सिरहा, लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, गोलबजार र इलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुसँग रहेको लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।
सिरहा, लहान नगरपालिका वडा नं. १ सिरमराहा स्थित सार्वजानिक सडक खण्डबाट लागु औषध Diazepam injection 2ml को ५ एम्पुल, Buprenorphine injection 2ml को ५ एम्पुल र Phenergan injection 2ml को ३ एम्पुल गरी जम्मा १३ पिस एम्पुल सहित सोही स्थान बस्ने प्रमोद प्रसाद साहको छोरा वर्ष २३ को प्रशान्त साह र बिर बहादुर मगरको छोरा वर्ष २९ को आगेश्वर आले मगरलाई आईतवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका ९ मुख्यमन्त्री कार्यालय स्थितबाट लागु औषध NATRAMP- ३ पतामा (३० पिस र २ पिस गरी जम्मा ३२ पिस), SPASMO- ३ पतामा (३० पिस), PRENURA- ३ वटा ट्याब्लेट र गाँजा जस्तो देखिने बस्तु अन्दाजी २/३ ग्राम सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका २ गौरीडाँडा घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका १ श्यामचोकमा डेरा गरी बस्दै आएको श्याम भुजेलको छोरा वर्ष २८ को संजय कुमार भुजेललाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी चेकिंङ टोलीले मधेश प्र.०२-००७ प ३७९८ नम्बरको स्कुटरमा सवार निजलाई चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, लागु औषध मुद्दामा १ बर्ष कैद र रु. ५,०००/- जरिवाना भएको फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-८ बस्ने वुधन महत्तोको छोरा बर्ष ५० को शिव गोबिन्द महत्तो नुनियालाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई जितपुर सिमरा उपमहानगरपालिका १० वेहरा चोकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१. सिरहा, कल्याणपुर नगरपालिका-४ स्थितबाट लेनदेन बिगो मुद्दामा १ वर्ष कैद तोकिएको फरार प्रतिबादी सोही स्थान बस्ने महाबिर यादवको छोरा अन्दाजी बर्ष ४० को धनबिर यादवलाई बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २. सिरहा, मिर्चैया नगरपालिका-६ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद भएको फरार प्रतिबादी सोही स्थान बस्ने जुगेश्वर यादवको छोरा अंदाजी बर्ष ५५ को बिजिन्द्र यादवलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा निजकै घर वतनबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी, लागु औषध मुद्दामा १० महिना ४ दिन कैद र रु. १५,०००/- (पन्ध्र हजार रुपैयाँ) जरिवाना तोकिएको फरार प्रतिवादी हनुमाननगर कंकालीनि नगरपालिका-१३ बस्ने जय नारायण यादव भन्ने भोला यादवलाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हनुमानगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका-९ गोलचोक स्थितबाट निजलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, जितपुर सिमरा उप-महानगरपालिका-८ ईम्लिप्रति स्थितबाट लागु औषध गाँजा २२ किलो ग्राम सहित सोही स्थानको लोसण्डा बस्ने भागिरथ सहनीको छोरा वर्ष ४५ को रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त परिमाण बराबरको लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, बिरगंज महानगरपालिका वडा नं. १० रजतजयन्ति चोक स्थितबाट लागु औषध अफिम जस्तो देखिने बस्तु सहित १ किलो २० ग्राम सहित मोटरसाईकल चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका वडा नं. ६ बस्ने सत्य नारायाण राउतको छोरा अन्दाजी वर्ष ३५ को रामेश्वर राउत र सोहि मोटरसाईकलमा पछाडि सवार ऐ.ऐ बस्ने सीताराम गिरीको छोरा वर्ष अन्दाजी ४० को विनोद गिरीलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध ब्युरो बिरगंजबाट र वडा प्रहरी कार्यालय बिर्ताबाट संयुक्त चेकिङ टोलिले बसपार्क बाट रक्सौल तर्फ जादै गरेको ना. ४० प ६४६९ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको बिच भागमा समाती राखेको प्लाष्ट्रिकको झोला भित्र खरानी रंगको टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको लागु औषध अफिम जस्तो देखिने बस्तु फेला पारी निजहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, मिर्चैया नगरपालिका-५ white house स्कुल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० ग्राम सहित सोही स्थान बस्ने जिवछ साहको छोरा अन्दाजी बर्ष २० को राहुल कुमार साह, सुनिल साहको छोरा अन्दाजी बर्ष २१ को दिलिप कुमार साह र मिर्चैया नगरपालिका-६ बस्ने मिस्टर राकेश कुमार गिरीको छोरा अन्दाजी बर्ष २३ को बिशाल गिरीलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाँदा उक्त स्थानमा रहेको खाली घरमा निजहरुलाई लागु औषध सेवन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर गस्तो देखिने पदार्थ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ स्थितबाट लागु औषध गाँजा १७ किलो २०० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । भलुवाही खोला नजिक मानिसले टाउकोमा बोकी हिडीरहेको २ वटा पोका प्रहरी चौकी रंगपुरटाँडीबाट गस्तिमा हिडेको प्रहरीलाई देखि पोका फाली फरार भएको उक्त पोका खोली हेर्दा लागु औषध गाँजा फेला पारी, फरार मानिसको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको छ ।